शुभकामना साकोसको २२ औं स्थापना दिवस सम्पन्न
भक्तपुर, जेष्ठ २५ गते
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २२औं स्थापना दिवस सप्ताह व्यापि विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । शुभकार्य कृषि सहकारी संस्था संग एकिकरण पछि जेष्ठ १८ गते एकिकृत कारोवार शुभारम्भ तथा सहकारी सचेतना र्याली सहित शुरु भएको सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन १९ गते ऐतिहासिक टौमढी क्षेत्रमा रक्तदान गरीएको थियो भने तेश्रो दिने २० गते स्थानिय व्यासी टोलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्रबिधिक सहयोग तथा सामूदायिक स्वास्थ्य केन्द्रको औषधि सहयोगमा मृगौल, मुटु तथा कलेजो सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । त्यस्तै चौथो दिन २१ गते संस्थाका बाल बचतकर्ताहरुलाई अध्ययन अवलोकन भ्रमण र पाचौ दिन ऐतिहासिक तथा धार्मिक क्षेत्र सूर्यबिनायक मन्दिर परिसरमा सरसफाई तथा सामाग्री हस्तान्तरण गरी सम्पन्न गरियो । सप्ताहव्यापी कार्यक्रमको छैठो दिन संस्थाका ७० बर्ष माथीका जेष्ठ सदस्यहरुलाई धार्मिक तिर्थ भ्रमण गराई भोजन गराईयो भने सातौ दिन २४ गते ऋणी अन्तरक्रिया गरियो । संस्था अध्यक्ष रामप्रसाद कासुला ज्यूको सभापतित्व तथा सूर्यबिनायक नगरपालिका उप प्रमुख एवं सहकारी बिज्ञ सरीता तिमिल्सेना भट्टराईको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा संस्थाका उत्कृष्ट ५ जना ऋणीहरुलाई सम्मान गरी गरिएको उक्त कार्यक्रममा उपस्थित संचालक समिति, बिभिन्न उप समिति, संस्थापक सदस्यहरु, ऋणीहरु र कर्मचारीहरुको तथा प्रत्येक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा संस्थाका अध्यक्षले हार्दिक धन्यवाद दिदै सप्ताहव्यापी कार्यक्रम समापन गर्नु भयो ।













