नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो । सो अवसरका नेफिनले जातिय भेषभुषा र झाँकी सहित पाँच हजारको बृहत र्याली निकाल्ने भएको छ । आइतवार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै अगष्ट ९ अर्थात श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने जानकारी दिएको हो । विश्वका आदिवासीहरुले विगत ३१ वर्ष देखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवश नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएका छन । नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरुको जातीय, भाषीक, साँस्कृतिक तथा धार्मीक पहिचानलाई स्थापीत गर्ने, आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गरौुं आदिवासीको भूमि र प्राकृतिक श्रोत माथीको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने लागिएको बताए । ३१औं विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरुको उत्सवको रुपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरु, नृत्यहरु, खानाका परिकारहरुको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए । उत्सबमा आदिवासी जनजातिहरुका मातृभाषा र लोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषा सहित राजधानीको मध्य भाग भृकुटीमण्डप देखि र्याली सुरु भएर विभिन्न स्थानहरु परिक्रमा गरी पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह सम्म आदिवासी जनजातिहरुको खुला र भव्य प्रस्तुतिलाई सडकभरि गुञ्जयमान बनाईनेछ । नेफिनले साँस्कृतिक झाँकी सहितको र्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क भएर प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत गर्ने तयारी गरेको छ । मूल समारोहमा संवैधानिक निकायका प्रमुखहरु, माननीय साम्सदहरु, पार्टी प्रतिनिधिहरु, महासंघका पूर्ब प्रमूखहरु, विभिन्न आदिवासी जनजाति विशिष्ट ब्यक्तीत्वहरु, जातीय संस्था र सम्बन्धन संगठनका अध्यक्षहरु लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरुबाट हजारौको उपस्थीति रहने नेफिने बताएको छ । बागमतीमा तामाङ र नेपाल भाषा (नेवारी) भाषा र गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषालाई मान्यता दिइएको छ । जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा, खानाका परिकारसहितको उत्सब भएकोले ५ हजार भन्दा बढिको उपस्थित रहने दावी गर्दै आयोजकले राष्ट्रिय सभागृह बाहिर समेत कार्यक्रम प्रत्यक्ष प्रशारण गरिने तयारी भएको बताएको छ । नेफिनले श्रावण १७ गते आदिवासी जनजाति अपांग महासंघको सम्मेलन, २० गते महलिा महासंघको बहस कार्यक्रम, २२ गते आदिवासी जनजति उत्थान राष्ट्रिय प्रतिष्ठान, एफएओ र युनेस्कोको आदिवासीहरुको मातृभाषा र खाद्य सुरक्षा सम्बन्धी अभिमूखिकरण कार्यक्रम तथा उत्सव, २२ गते नै आदिवासी जनजाति आयोगले आदिवासी जनजाति र एआई वारे कार्यशाला, २३ गते गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना आदानप्रदान, २४ गते नेफिनको मूल समारोह, २५ गते नेपाल मगर संघको अन्तरकृया, २५ गते नै युवा महासंघको पैदल यात्रा तथा अन्तरसम्वाद, २५ गते नै विद्यार्थी महासंघको आदिबासीको भविष्य र एआई विषयक अन्र्तक्रिया, २६ गते आदिवासी जनजातिहरुको सवलमा संवाद कार्यक्रम, २७ गते पत्रकार महासंघ (फोनिज)को २६औं स्थापना दिवस तथा फोनिज अवार्ड र २८ गते सुनुवार सेवा समाजको कला साहित्य पुरस्कार वितरण कार्यक्रमलगायतका सूची तयार गरेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














