आधारभूत तहको परीक्षा मर्यादित बनाउन भक्तपुर नगरपालिकाद्वारा शिक्षकहरुलाई सपथ ग्रहण कार्य सम्पन्न ।
२०७८ पुस ८ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरस्तरीय आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा मर्यादित बनाउन बिहीबार शिक्षकहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।
भक्तपुर नगरपालिकाअन्तर्गत आधारभूत तह उत्तीर्ण परीक्षा २०७८ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित समितिका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा सामूहिक परीक्षा समिति, संयुक्त मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान, एन.प्याब्सनका प्रतिनिधिहरुले आधारभूत तहको परीक्षा गोप्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सपथ ग्रहण लिनुभएको छ ।
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले परीक्षा विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने महत्वपूर्ण माध्यम भएको र यसलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने बताउनुहुँदै गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय परीक्षा सञ्चालन महत्वपूर्ण भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमबमोजिम यस वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन हुने र उक्त परीक्षाको व्यवस्थापन यसै समितिबाट गरिने भएको छ ।
शपथग्रहणपश्चात बसेको नगर शिक्षा समिति र आधारभूत परीक्षा समितिको संयुक्त बैठकले कोभिड महामारीको कारण यस शैक्षिक वर्ष २०७८ मा शैक्षिक क्षति न्युन गर्न यस नगरपालिकाद्वारा प्रकाशित शैक्षिक क्यालेन्डरमा संशोधन गरी हिउँदे बिदा मिति २०७८ माघ १ गतेदेखि ८ गतेसम्म दिने निर्णय गरेको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














