नेपालमा पहिलोपटक भित्रियो कोरोनाको ‘ओमिक्रोन’, सङ्क्रमित दुबै जना चिकित्सकको निगरानीमा ।
नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ उपपरिवर्तित स्वरुप ‘ओमिक्रोन’ फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ स्वरुप फेला परेको मुलुकबाट नेपाल भित्रिएका व्यक्ति र उनको सम्पर्कमा आएका थप एक जना गरी दुई जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी गत मङ्सिर ३ गतेएक जना ६६ वर्षका विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको बताएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले ती व्यक्ति नेपाल आउदा नियमानुसार पिसिआर परीक्षणमा कोरोना नदेखिएको र कोरोनाविरुद्धको खोपको मात्रा पनि पूरा गरेको बताउनुभयो । उहाँले ती व्यक्तिसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षका व्यक्ति र स्वयं आफैलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखा परेपछि पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । मङ्सिर १९ गते पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले बनाएको नियम अनुसार ती नमूनाको जिन सिक्वेन्सिङ गरिएको र दुबै जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको डा.अधिकारीले बताउनुभयो । उहाँका अनुसार हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । सङ्क्रमण पुष्टि भएका दुबैजनामा कुनै गम्भीर लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनुभयो । साथै उहाँले ती व्यक्तिहरूको सम्पर्कमा आएका थप ६६ जनाको पनि कोरोना परीक्षण गरिएको र सबैको रिपोर्टमा कोरोना नभएको पनि जानकारी दिनुभयो ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














