नेपालमा पहिलोपटक भित्रियो कोरोनाको ‘ओमिक्रोन’, सङ्क्रमित दुबै जना चिकित्सकको निगरानीमा ।
नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ उपपरिवर्तित स्वरुप ‘ओमिक्रोन’ फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ स्वरुप फेला परेको मुलुकबाट नेपाल भित्रिएका व्यक्ति र उनको सम्पर्कमा आएका थप एक जना गरी दुई जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी गत मङ्सिर ३ गतेएक जना ६६ वर्षका विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको बताएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले ती व्यक्ति नेपाल आउदा नियमानुसार पिसिआर परीक्षणमा कोरोना नदेखिएको र कोरोनाविरुद्धको खोपको मात्रा पनि पूरा गरेको बताउनुभयो । उहाँले ती व्यक्तिसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षका व्यक्ति र स्वयं आफैलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखा परेपछि पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । मङ्सिर १९ गते पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले बनाएको नियम अनुसार ती नमूनाको जिन सिक्वेन्सिङ गरिएको र दुबै जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको डा.अधिकारीले बताउनुभयो । उहाँका अनुसार हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । सङ्क्रमण पुष्टि भएका दुबैजनामा कुनै गम्भीर लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनुभयो । साथै उहाँले ती व्यक्तिहरूको सम्पर्कमा आएका थप ६६ जनाको पनि कोरोना परीक्षण गरिएको र सबैको रिपोर्टमा कोरोना नभएको पनि जानकारी दिनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













