न्यायालयको समस्या बारेमा सरकार पक्षका दलहरुले केही दिनमा धारणा सार्वजनिक गर्ने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवादका बारेमा सत्ता गठबन्धनमा छलफल गरेर केही दिनमै धारणा सार्वजनिक गरिने बताउननु भएको छ । नेपाल बार र सर्वोच्च बार एशोसिएसनको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनमा रहेका दलसँग छलफल गरेर केही दिनमै निकास निकाल्ने आश्वासन दिनुभएको नेपाल बार एशोसिएसननका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
‘कानुन व्यवसायीले उठाएका विषयमा गठबन्धनका दलसँग छलफल गरेर केही दिनमै समाधान गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नै अन्तिम विकल्प भएको जानकारी गराएको श्रेष्ठले बताउनुभयो । संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलले गर्नुपर्ने भूमिकाको विषयसमेत प्रधानमन्त्रीसँग राखेको उहाँको भनाइ छ । प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवासायी एक महिनादेखि आन्दोलित छन् । भेटमा बारले प्रधानमन्त्री देउवालाई आफ्नो अवधारणापत्रसमेत बुझाएको थियो ।
Featured Posts – Style 1
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...
माटोको सुगन्ध
2026-09-08 Comments Off on माटोको सुगन्ध
शिर्षक ः माटोको सुगन्ध माटोको सुगन्ध हिमाल हाँसेको देश हो यो, नदी बगेको भेष हो यो। पसिनाले लेखिएको कथा,...
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...










