न्यायालयको समस्या बारेमा सरकार पक्षका दलहरुले केही दिनमा धारणा सार्वजनिक गर्ने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवादका बारेमा सत्ता गठबन्धनमा छलफल गरेर केही दिनमै धारणा सार्वजनिक गरिने बताउननु भएको छ । नेपाल बार र सर्वोच्च बार एशोसिएसनको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनमा रहेका दलसँग छलफल गरेर केही दिनमै निकास निकाल्ने आश्वासन दिनुभएको नेपाल बार एशोसिएसननका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
‘कानुन व्यवसायीले उठाएका विषयमा गठबन्धनका दलसँग छलफल गरेर केही दिनमै समाधान गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नै अन्तिम विकल्प भएको जानकारी गराएको श्रेष्ठले बताउनुभयो । संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलले गर्नुपर्ने भूमिकाको विषयसमेत प्रधानमन्त्रीसँग राखेको उहाँको भनाइ छ । प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवासायी एक महिनादेखि आन्दोलित छन् । भेटमा बारले प्रधानमन्त्री देउवालाई आफ्नो अवधारणापत्रसमेत बुझाएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
2026-10-27 Comments Off on खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान भक्तपुर, १०...
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...













