तिहारको पाँचौँ दिन आज भाइटीका मनाइयो ।
तिहारको पाँचौँ दिन आज भाइटीका , दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका तथा मखमली, सयपत्रीको माला लगाएर मनाईएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभएको छ । बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार पनि दिनुभएको छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका लगाउनुभएको छ । लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
यस्तै, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाउनुभएको छ । भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई र उहाँको दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिनुभएको हो ।
यस्तै, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि खुलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
Featured Posts – Style 1
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
2026-06-12 Comments Off on ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणभक्तपुर, जेठ २९ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय...
सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
2026-06-12 Comments Off on सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागतभक्तपुर, जेठ २९ । नपली, सिर्जनानगर स्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार विद्यालयमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्ति...
बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई शुभकामना
2026-06-12 Comments Off on बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई शुभकामना
बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई आज गरियो बिदाई, शुभकामनाभक्तपुर, जेष्ठ २९ गतेतेस्रो बागमती प्रदेश खेलकूद प्रतियोगितामा सहभागि हुने...
गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण
2026-06-11 Comments Off on गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण
धनगढी, कैलाली । गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो...













