नियमानुसार सञ्चालन नभएको सहकारी बन्द गर्न सहकारी संस्था अनुगमन समितिको निर्देशन
भक्तपुर, २९ श्रावण । भक्तपुर नगरपालिकाको सहकारी संस्था अनुगमन समितिका सदस्य हरि रत्न गोर्खालीको संयोजकत्वमा गःपलीमा रहेको प्रस्तुति बहुउद्देश्यीय सहकारी संस्थामा बुधबार अनुगमन गरियो ।
अनुगमनमा नगरपालिकाको स्विकृति विना संचालन गरेको हरिरत्न गोर्खालीले बताउनु भयो । उहाँले काठमाण्डौं न्युरोड मुख्य कार्यालय हुने गरी प्रदेशबाट स्विकृति दिएता पनि स्थानीय ८० प्रतिशत हुनु पर्ने बताउँदै विनियममा उल्लेखित कार्य गर्न प्रचलित कानून बमोजिम इज्जाजत लिनुपर्ने वा सम्झौता गर्नुपर्ने भएमा सम्बन्धित निकायबाट इज्जाजत लिई वा सम्झौता गरी सोको जानकारी विभाग वा कार्यालयलाई गराएपछि मात्र संघ संस्थाको विनियममा उल्लेखित कार्यहरु गर्न सकिने भएकोले स्थानीय तहको स्विकति विना संचालन गर्न नपाउने भएकोले बन्द गर्न निर्देशन दिनु भयो । उहाँले संस्थाको कुल सदस्य संख्याको पहिलो एक हजार पछिको पत्येक हजारमा एकवटाका दरले सेवा केन्द्र खोल्न पाउने र सेवा केन्द्रको लागि रजिष्ट्रारको अनुमति लिनु पर्ने भएतापनि दर्ता भएको चार महिना पछि २६६ जना सदस्य भएको बहुउद्देश्यीय सहकारी भक्तपुरमा सेवा केन्द्र खोल्न नपाउने र बन्द गर्न भक्तपुर नगरपालिकाले तीन पटक सूचना निकाली सकेको बताउनु भयो । उहाँले सहकारी के हो ? काम के गर्छ ? के के कसुर हुन्छ ? कानुनको जानकारी राख्नु पर्ने बताउँदै गलत सुचनाले सहकारी दर्ता गरेको हो कि भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले शिक्षा, सरसफाई, सम्पदा जस्तै सहकारीमा पनि राम्रो गर्ने प्रमुखज्यूको निर्देशनमा अनुगमन गरिरहेको बताउँदै सहकारी ऐन अनुसार सुरुमा एक वटा वडामात्रै स्विकृति हुनु पर्नेमा उपत्यका स्विकृति दिनु र २००० हजार सदस्य बराबर एक वटा सहकारी नीति अनुसार सहकरी मर्जरमा पठाई रहेको र एक सदस्य एक सहकारी समेतलाई उल्लंघन गरी प्रदेश सहकारीको लापर्वाही भएको बताउनु भयो । उहाँले सहकारीमा विचौलिया अन्त्य गरी सहकारी मुल्यमान्यता ऐन अनुसार समुदायमा आधारित वा केहि व्यक्तिलाई पोस्ने गरी इच्छाराज तामाङले जस्तै अर्ब रकम हिनामिना गरे जस्तै संचालन गर्ने त्यसमा ध्यान दिनु पर्ने बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य श्याम मातांले सेवा केन्द्र खोल्न रजिष्ट्रारबाट अनुमति लिनुपर्ने र एउटा घरमा दुई वटा सहकारी नराख्ने प्रतिवद्धताका साथ संस्था दर्ता गरेतापनि एक भन्दा बढी सहकारी भएको घरमा सेवा केन्द्र खोलिराखेको बताउनुभयो । उहाँले नगरपालिकाको स्वीकृति बिना संचालन भएको यस्ता सहकारीहरु भागे नगरपालिकाले जिम्मेवारी लिन अप्ठ्यारो हुने भएकोले नगरपालिकाको स्वीकृति बिना संचालित सहकारीमा रकम जम्मा नगर्न समेत अनुगरोध गर्नुभयो ।
प्रदेश सहकारी नियमावली २०७६ अनुसार सदस्य सेवा केन्द्र वा सम्पर्क कार्यालय खोल्न र संचालन गर्न रजिष्ट्रारबाट अनुमति लिनु पर्ने, साधारण सभाबाट स्पष्ट निर्णय भएको हुनु पर्ने, कुल सदस्य संख्याको पहिलो एक हजार पछिको प्रयेक हजारमा एक वटाका दरले सेवा केन्द्र वा सम्पर्क कार्यालय खोल्न सकिने, शेयर पुँजी कम्तिमा एक करोड पचास लाख हुनु पर्ने, पुँजीकोष र वचतको अनुपात १ः१५ हुनुपर्ने, संचालन हुने सेवा केन्द्र वा सम्पर्क कार्यालयबाट सेवा प्राप्त गर्ने सदस्यको माग निवेदन आउनुपर्ने, सम्बन्धित स्थानीय तहको सहमति पत्र र सम्बन्धित जिल्ला संघको सिफारिस पत्र हुनु पर्ने ऐनमा भएको र उक्त संस्थाको संचालक समितिमा अध्यक्ष तेज नारायण श्रेष्ठ, उपाध्यक्ष मिलन सुवाल, सचिव ज्योति जंगम, सचिव राजेश बहादुर श्रेष्ठ, सदस्यहरुमा राजेश खोतेजा, कुश श्रेष्ठ, शुशिला गणेश र लेखा सुपरिवेक्षण समिति संयोजक प्रभुकृष्ण श्रेष्ठ, विक्रम साखकर्मी, मनिष श्रेष्ठ रहेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
सहकारी संस्था अनुगमनमा समिति सदस्य जितेनद्र मुनांकर्मी, हरिरत्न गोर्खाली, श्याम मातां, रञ्जना त्वाती र भनपा सहकारी प्रमुख रेभिड कुस्मा र वडा निरिक्षक रामकृष्ण प्रजापतिको सहभागी रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













