दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ
२०७८ असोज २५ गते, सोमबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा विजया दशमी २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले सरसफाइकर्मीहरू चाडबाडको समयमा नगरको सरसफाईमा विशेष ध्यान दिएर लाग्नुपर्ने बताउनुहुँदै जुनसुकै समयमा जनताको सेवाको लागि जनप्रतिनिधि र कर्मचारीहरू तत्पर रहनुपर्ने बताउनुभयो ।

नजिकिँदै गरेको दशैं र तिहारमा कोभिड संक्रमणको खतरा बढ्ने हुँदा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कर्मचारीतन्त्र स्थायी सरकारको रुपमा प्रतिकात्मक मात्र भएकोले उनीहरुलाई कुनै पनि अनियमितता गर्न छुट नहुने विचार व्यक्त गर्नुहुँदै कर्मचारीहरुले व्यक्तिगत विषयमा भन्दा सामाजिक विषयलाई महत्व दिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
विकास निर्माण र नक्सापास कार्यमा अनियमितता रोक्न प्राविधिकहरुको विशेष भूमिका हुने भएकोले यसप्रति प्राविधिकहरुलाई सचेत पार्दै कर्मचारीहरु शिष्ट, नम्र, विनयशील र नैतिकवान हुनुपर्ने उहाँले बताउनुभयो ।
नयाँ पुस्तालाई पठनीय अध्ययन सामाग्री जुटाउनतिर बुद्धिजीवी वर्ग अग्रसर हुनुपर्ने बताउनुहुँदै उहाँले देशकै नमुना नगरपालिकाको रुपमा ख्याति कमाएको भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा त्यसको गरिमा कायम गर्नेतिर विशेष जोड दिनुपर्ने बताउनुभयो ।
संख्यात्मक हिसाबले ठूलो पार्टी हुँदैमा उनीहरूको विचार र सिद्धान्तसँग सहमत हुन नसकिने विचार राख्नुहुँदै अध्यक्ष बिजुक्छेँले शासक दलको पूर्वाग्राही व्यवहारका कारण आजका दिनसम्म ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नपाएको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरी नगरलाई थप सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनुहुँदै उहाँले आवास क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेधमा रोक लगाउनुपर्ने र जनतालाई नक्साबमोजिम घर निर्माण गर्ने विषयमा उत्साहित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरू सामान्य नागरिकभन्दा जिम्मेवार हुने हुँदा चाडपर्वको समयमा सिर्जनशील र रचनात्मक गतिविधिमा आबद्ध हुन आह्वान गर्नुभयो । उहाँले संस्कृतिसँगै भित्रिने विकृति र बिसंगतिबारे जनतालाई सचेत पार्न सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
छिमेकी देश भारतले नेपाललाई आर्थिक रुपले माथि उठ्न नदिन अनेक षड्यन्त्रका गतिविधिहरूलाई बढावा दिइरहेको बताउनुहुँदै उहाँले परमादेशबाट बनेको सरकारले देश र जनताको हितमा जनअपेक्षाअनुसार काम गर्ने कुरामा विश्वास गर्न विश्वास गर्न नसकिने बताउनुभयो । उहाँले भक्तपुर नपाका जनप्रतिनिधिहरूले जनताको निःस्वार्थ सेवा गरिरहेको बताउनुहुँदै शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण कार्यमा अनुकरणीय काम भइरहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले न्यायिक समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रकाश पार्दैै महिला हिंसा, जग्गा विवाद, पारिवारिक झैझगडा जस्ता न्यायिक समितिमा दर्ता भएका मुद्दाहरूको न्यायोचित ढंगले सम्बोधन गर्दै आएको बताउनुभयो ।
कला, संस्कृति र भाषा विनाको पहिचान अधुरो हुने बताउनुहुँदै उपप्रमुख जोशीले स्थानीय पाठ्यक्रम लागू गरी भक्तपुरका विद्यार्थीहरूलाई सभ्य र सुसंस्कृत बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दशैं बिदामा नगरपालिकाले दैनिक र नियमित गर्नुपर्ने सरसफाइ, पर्यटन, अनियमित निर्माण नियन्त्रणलगायतका विभिन्न क्षेत्रको कामहरु सम्बन्धित कर्मचारीहरुले जिम्मेवारीपूर्वक गर्नुहुन निर्देशन दिनुहुँदै कर्मचारीहरुको निःस्वार्थ कर्तव्यपालनले नगरपालिकाको छवि उजिलिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
2026-07-19 Comments Off on ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रमभक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा...
मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईते
2026-07-19 Comments Off on मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईते
मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईतेमध्यपुर, श्रावण २ गतेमध्यपुर थिमीको एस.एस. चोकमा शनिबार भएको मोटरसाईकल दुर्घटनामा एक जनाको...
– कुरुक्षेत्रको धूलोदेखि मानिसको अन्तःकरणसम्मको यात्रा
2026-07-19 Comments Off on – कुरुक्षेत्रको धूलोदेखि मानिसको अन्तःकरणसम्मको यात्रा
प्रेमचन्द्र झा – कुरुक्षेत्रको धूलोदेखि मानिसको अन्तःकरणसम्मको यात्राइतिहासले महाभारतलाई संसारकै सबैभन्दा विशाल युद्धका रूपमा अभिलेख गरेको छ। अठार दिनसम्म चलेको...
नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाइँदै
2026-07-19 Comments Off on नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाइँदै
नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाइँदै काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन ले "युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध...
२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
2026-07-18 Comments Off on २८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण...













