स्वतन्त्र पत्रकार काठमाडौंमा तिमल्सिना, ललितपुरमा थपलिया

काठमाडौं । स्वतन्त्र पत्रकार संघ काठमाडौं शाखाको अध्यक्षमा कृष्णराज तिमल्सिना चुनिएका छन् । तिमल्सिनाको अध्यक्षतामा सात सदस्यीय नयाँं कार्यसमिति चुनिएको हो । संघको आइतबार राजधानीमा सम्पन्न दसौ साधारण सभा तथा पाँंचौ अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँं कार्यसमिति गठन गरेको हो । नयाँं कार्यसमितिको उपाध्यक्षमा रीना श्रेष्ठ, सचिवमा सानुराजा महर्जन र कोषाध्यक्षमा रीता श्रेष्ठ चुनिएका छन् । साथै सदस्यहरुमा मोहन बुढाथोकी, दामोदर भट, सुनिता अग्नी र फोमस भण्डारी चुनिएका छन् । 
सोही संयुक्त कार्यक्रममा ललितपुर शाखाको आठौं साधारण सभा तथा चौथौं अधिवेशन पनि भएको थियो । अधिवेशनले सरिता थपलियाको अध्यक्षतामा नर्याँ कार्यसमिति चुनिएको छ । समितिको उपाध्यक्षमा कृष्णराज तिमिल्सना, सचिवमा धर्मलाल मानन्धर, सहसचिवमा शंकर घिमिरे र कोषाध्यक्षमा मनोज खड्का चुनिएका छन् । 
साधारण सभा तथा अधिवेशनसँंगै संघको उपत्यका भेला पनि भएको थियो । भेलाको उदघाटन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष डा केवी सम्रातले गरेका थिए । उनले पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु संघको मुख्य नारा रहेको जानकारी गराए । 
कार्यक्रममा संघका महासचिव, कोषाध्यक्ष बद्री दुलाल, काठमाडौंका निवर्तमान अध्यक्ष पुष्करराज पाण्डे, ललितपुरका निवर्तमान अध्यक्ष उपेश नौवाग, भक्तपुरका उपाध्यक्ष मणिराम लामिछानेलगायतले संघका विभिद् गतिविधि र नवलपुरमा यही चैत महिनामा हुने भावी केन्द्रिय अधिवेशनबारे चर्चा गरेका थिए ।