समाजसेवी धौभडेल संस्थागत विकास २०२५बाट सम्मानित

समाजसेवी धौभडेल संस्थागत विकास २०२५बाट सम्मानित
काठमाण्डौं, माघ २४ गते
भक्तपुरका समाजसेवी श्याम सुन्दर धौभडेल संस्थागत विकास २०२५(institutional builder2025)ले सम्मानित भएका छन् । एचआर एन नेपालले समाजसेवी धौभडेललाई संस्थागत विकास २०२५ले सम्माानित गरेका हुन । धौभडेलको दुरदृष्टि नेतृत्व र निरन्तर प्रयासले समाजका सम्वेदनशील क्षेत्रहरुमा जीवन र आशा थपिने योगदान गरेको कदर गर्दै सो सम्मान दिएको हो ।


गैर नाफामुलक सिद्धिस्मृति प्रतिष्ठानबाट सिद्धि स्मृति महिला तथा बाल अस्पताल, सिद्धि शालिग्राम वृद्धाश्रम, सिद्धिस्मृति बालश्रम सफलतापूर्वक सञ्चालन प्रर्वधन गर्दै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहनु भएका धौभडेललाई राजधानीमा आयोजित बिशेष कार्यक्रम वीच सो सम्मान दिएको हो । समजसेवी धौभडेल पर्यटन व्यवसायीका साथै सिद्धि समृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एव कार्यकारी अध्यक्ष हुनुहुन्छ ।