भक्तपुर उद्योग वाणिज्य संघको ३८ औं साधारण सभा सम्पन्न, अधिवेशन सुरु

भक्तपुर उद्योग वाणिज्य संघको ३८ औं साधारण सभा सम्पन्न, अधिवेशन सुरु

मध्यपुर, पुस २५ गते
भक्तपुर उद्योग वाणिज्य संघको ३८ औं वार्षिक साधारण सभा तथा अधिवेशन आजबाट सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पानसमा दिप प्रज्वलन गर्दै अधिवेशनको आज मध्यपुर थिमीमा उद्घाटन गरेका हुन । आज र भोलिका लागि आयोजित सो अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै छन् । सो अवसरमा बोल्दै अध्यक्ष ढकालले आफू जन्मेकै साल २०२२ सालमा भक्तपुर उद्योग वाणिज्य संघको पनि स्थापना भएको वर्ष भएकोले संघप्रति आफ्नो विशेष आत्मियता रहेको चर्चा गर्दै सरकार र निजिक्षेत्र पक्ष र प्रतिपक्षको रुपमा रहेको अवस्थामा महासंघले सहजिकरणको प्रयास गरी अक्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराबाट पनि निजी क्षेत्रलाई बाहिर ल्याउन सफल भएको दाबी गर्नु भयो ।

आफ्नै कार्यकालमा विगत १० वर्षदेखि यथास्थितिमा रहेको महासंघको विदान संशोधन गर्न सफल भएको भन्दै उहाँले महासंघकै पहलमा सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोग बनाउन लगाएर कानूनहरु पनि परिवर्तन गराउन सफल भएको बताउनु भयो । उहाँले देशमा लगानीय गर्ने वातावरण छैन भन्ने भास्य बनाइरहेको सन्दर्भमा लगानी योग्य बनाउन १० अर्वको कम्पनी सञ्चालनमा ल्याएको पनि बताउनु भयो । सो अवसरमा भक्तपुरका आयात निर्यात व्यवसायीहरु मध्ये उत्कृष्ठ व्यवसायी तथा सहयोगी संघ संस्थाहरुलाई आजै संघका अतिथिहरुले सम्मानित गरेको थियो । ६ सय भन्दा बढी सदस्य रहेको संघले आज बन्द सत्र सम्पन्न गरी भोलि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्ने तयारी थालेको छ । सर्व सहमतिमा नयाँ नेतृत्व चयन गर्ने व्यवसायिहरुको धारणा रहे पनि एउटै पद्मा एक भन्दा बढी आकांक्षि रहेपछि निर्वाचनबाटै नयाँ नेतृत्व चयनको तयारी हुन सक्ने व्यवसायीहरुको धारणा छ । नाम दर्ता गरेको उम्मेदवादहरु बीच पहिलो चरणमा छलफल हुने र त्यसपछि सहमति जुतेमा निर्विरोध गर्ने नभए निर्वाचनमा जाने भन्दै कोषाध्यक्षका दावेदार रजित मारिखुले बताए ।
हामी सामाजिक दायित्वप्रति सचेत प्रतिस्पर्धी व्यवसाय विकासकालागि प्रतिवबद्ध छौं भन्ने नाराका साथ भक्तपुर उद्योग वाणिज्य संघले हरेक दुई दुई वर्षमा अधिवेशन आयोजना गर्दै आएको छ ।