हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस

हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस
– राजुराम मुनंकर्मी
नेपाल हृदयराेग निवारण प्रतिष्ठान, ललितपुर शाखाले अाफ्नाे ३३ अाैं वार्षिक स्थापना दिवस कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेकाे छ । शाखाका सभापति बालकृष्ण तुलाधरकाे सभाध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले ” नसर्ने राेगमा मुटुराेग भयावह रूपमा बढ्दै गइरहेकाे एउटा चुनाैतीकाे सामना गर्नु परिरहेकाे सन्दर्भमा जीवनशैलीमा परिवर्तन गर्नुपर्नेमा जाेड दिनुभयाे । साथै उहाँले मन भनेकाे विषालु हुन्छ भन्नुहुँदै सधैं सकारात्मक साेचाई राख्नुपर्ने, धेरै उत्तेजना, अावेग र धेरै दु:ख भयाे भने त्यसबाट निस्किने रसायन तत्वले हृदयघात हुनसक्ने बैज्ञानिक अाधार रहेकाे”चर्चा गर्नुभयाे । त्यसैगरी विशेष अतिथि प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालले प्रतिष्ठानले समाज परिवर्तनकाे लागि खेलेकाे भूमिकाबारे चर्चा गर्नुहुँदै व्यवस्थित अाहार र खानपान तथा जीवनशैलीमा परिवर्तन नै स्वस्थ मुटुकाे लागि एक मात्र उपाय भएकाे बताउनुभयाे । मन्तव्यकै क्रममा वरिष्ठ मुटुराेग विशेषज्ञ एवं पूर्व अध्यक्ष प्रा.डा. प्रकाशराज रेग्मीले मुटुराेग, त्यसकाे राेकथामका उपायहरूबारे चर्चा गर्नुहुँदै उच्च रक्तचाप, मधुमेह जस्ता राेगहरू बाेर्डर लाइनमा पुगेका व्यक्तिले राेकथामकाे लागि नियमित अाैषधि सेवन नगरेमा अल्जाईमर, एन्जाईना जस्ता घातक राेगकाे शिकार हुनसक्ने ब‌ैज्ञानिक अाधार प्रस्तुत गर्नुभयाे ।


त्यसैगरी डा. अनुज झाले याेग र फिजियाेथेरापीबारे फरक रहेकाे सविस्तार प्रस्तुतिकरण गर्नुभयाे ।
मन्तव्यकै क्रममा हर्ट क्लव नेपालका अध्यक्ष निर्मल कुमार प्रधानाङ्ग, नेपाल रेडक्रस साेसाईटी ललितपुरका सभापति बाबुराजा महर्जन, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डा . पुष्पराज राजकर्णिकार, निवर्तमान अध्यक्ष बलराम न्याैपाने, पूर्व अध्यक्ष डिल्ली प्रकाश घिमिरे, काठमाण्डाै शाखाका सभापति मेहन माेहन श्रेष्ठ, भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मीलगायतले अा-अाफ्नाे धारणा व्यक्त गर्नुभयाे ।
प्रतिष्ठानकाे ललितपुर शाखाका सचिव इन्दिरा जाेशीकाे प्रस्तुतिकरणमा सम्पन्न उक्तढ कार्यक्रममा अतिथि तथा सहभागीहरूलाई ललितपुर शाखाका पूर्व सभापति बालगाेविन्द बिष्टले स्वागत गर्नुभयाे भने उपसभापति अशाेक श्रेष्ठले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे ।


साेही समाराेहमा ” हृदयकाे सन्देश ” स्मारिका र डिल्ली प्रकाश घिमिरेद्वारा लिखित ” मुटुसित मुटु” पुस्तककाे सार्वजनिकिकरण समेत गरिएकाे थियाे भने सम्मानपत्र र नया अति विशिय्ट तथा विशिष्ट सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएकाे थियाे ।
( सम्पन्न मिति : २०८२/०१/१९)