भक्तपुरमा मनाईयो १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
भक्तपुर, बैशाख १७ गते
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुरले आज भक्तपुरमा जुलुस तथा सभा आयोजना गरेको छ । हरेक वर्ष मे १ तारिखका दिन विश्वभर मनाईने मजदुर दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रममा बक्ताहरुले श्रमजिवी मजदुर वर्गको हितले मात्रै देशमा समृद्धी आउने बताएका छन् । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुसले नगरपरिक्रममा गर्दै टेखापुखु पुगेर आयोजित सभामा कार्यक्रमका प्रमुख अतिथि नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले हसियाँ हठौडा मजदुरहरुलाई हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको उद्घाटन गर्नु भयो । कार्यक्रममा सांसद सुवालले आन्दोलनले मुक्ती र उपलब्धी प्राप्त हुने बताउँदै आन्दोलन खेर नजाने बताउँनु भयो । उहाँले हाम्रो मुक्ती र अपलब्धीकालागि समाजबादी आन्दोलनका लागि जुत्नु पर्र्नेेमा जोड दिनु भयो ।
२ सय वर्ष पहिला अमेरिकाको शिकागोमा भएको मजदुर आन्दोलनमा घुसपैठ भई अधिकारकालागि लडेका मजदुरहरुमाथि प्रहरी दमन भएको स्मरण गर्दै सांसद सुवालले त्यसबाट पनि हामीले सिक्नुपर्ने बताउनु भयो । गुप्तचरहरुको घुसपैठबाट मजदुरहरुमाथि गोली चलाउँदा पनि मजदुर आन्दोलन नरोकेका कारण संसारभरका मजदुरहरुले मे दिवसबाट उपलब्धि पाएको बताउनु भयो । आयोजक नेपाल क्रान्तिकारी मजदुर संघका उपाध्यक्ष उपेनद्र सुवालको अध्ययक्षतामा आयोजित सो कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर सिकर्मी संघका विक्रम ढुकुछु, भक्तपुर डकर्मी संघका अध्यक्ष विष्णुराम दुमरु, दीपा खत्री सहितका बक्ताहरुले मजदुर हकहितकालाई समाजबादी व्यवस्था आश्वश्यक भएको जोडदिएका थिए । सो अवसरमा श्रमिकहरुको हकहितका सवालहरुमा विभिन्न कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।
Featured Posts – Style 1
हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस
2025-05-03 Comments Off on हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस
हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस- राजुराम मुनंकर्मीनेपाल हृदयराेग निवारण प्रतिष्ठान, ललितपुर शाखाले अाफ्नाे ३३ अाैं वार्षिक...
नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्त
2025-05-02 Comments Off on नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्त
नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्तरमेश गिरीराष्ट्रिय समाचार समिति (रासस) ःभक्तपुर, १८ बैशाख ः ट्राफिक प्रहरी...
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
2025-05-02 Comments Off on भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो...
अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।
2025-05-01 Comments Off on अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।
अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।भक्तपुर, बैशाख १८ गतेआज १३६ औंं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइरहेको छ ।...
शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र
2025-05-01 Comments Off on शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र
शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र काठमाण्डौं, १८ वैशाख ः नेपाल शेर्पा किदुग संयुक्त मंचले नेपाल शेर्पा संघका...