सिद्धिस्मृति अस्पतालको नयाँ भवनबाट सेवा सुरु

सिद्धिस्मृति अस्पतालको नयाँ भवनबाट सेवा सुरु
भक्तपुर, बैशाख १५ गते
सिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेलले हालै निर्माण सम्पन्न गरेको नयाँ भवनबाट सेवा सुरु गरेको छ । महिला तथा बाल रोग सम्बन्धि ओपिडि सेवालाई आज आयोजित एक समारोह बीच नेपाल इनहिल्प बेइलग्रिज इभि जर्मनीका पूर्व अध्यक्ष मिस्टर मिची र मिसेस् मिचाइल रेबेलेले संयुक्तरुपमा आज सेवा शुभारम्भ गरेका हुन ।


स्व.सिद्धिसुन्दर धौभडेलको ३६ औं जन्मदिवसको अवसरमा सो सेवा प्रारम्भ गरेको प्रतिष्ठानका अध्यक्ष स्यामसुन्दर धौभडेलले जनाएको छ । अध्यक्ष धौभडेलका अनुसार अस्पतालको नयाँ भवन निर्माण र सेवा विस्तारकालागि नेपाल इनहिल्प बेइलग्रिज इभि जर्मनीले महत्वपूर्ण सहयोग गरेको थियो । गत चैत्र १ गते उद्घाटन भएको सो भवनबाट औपचारिक रुपमा ओपिडि सेवा आजबाट प्रारम्भ गरेका हुन । सेवा सुरु भएको अवसरमा उपचारमा आएको बालबालिकाहरुलाई उपहार प्रदान गरिएको थियो ।