जगाती वस स्टप यथास्थानमै राख्न आज जानकारी सभा आयोजना

जगाती वस स्टप यथास्थानमै राख्न आज जानकारी सभा आयोजना
भक्तपुर, पुस २६ गते
सूर्यविनायक धुलिखेल सडक परियोजनाद्वारा भक्तपुरको ऐतिहासिक जगाती बस विसौनीलाई सार्न लागेकोले स्थानीय समुदाय आन्दोलनमा उत्रनुपरेको भन्दै आज जगाति बस स्टप संघर्ष समितिले जानकारी सभा आयोजना गरेको छ । जगाती चोकमा आयोजित जानकारी सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष सिताराम खाईजुले आयोजनाको डिपिआरले जगातीको बस स्टप सार्ने भएकोले स्थनीय जनता आन्दोलनमा आउनु परेको स्पष्ट पार्दै व्यापक समुदायको सहभागिताका लागि अनुरोध गर्नु भयो । पहिलो पटक सडक सभा आयोजना गर्दै उहाँले हामीले आन्दोलन गरेनौं भने बस स्टप सार्ने भयो । उहाँले जोड दिनु भयो, बस स्टप यही कायम राख्नुपर्छ भनेर हामीले सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराँदै आएका छौं र पनि हाम्रो कुरा सुनेको छैन । पूर्व सांसद, स्थानीय जनप्रतिनिधीहरुले पनि जगाती वस स्टप कायम राख्न पहल गरेका छन् तर पनि हाम्रो कुरा सनेको छैन अध्यक्ष खाईजुले भने आन्दोलनकारीलाई प्रहरीले समाउन सक्छन, जेल जान सक्छन् तर पनि जगातीको बस स्टप सार्न दिने छैनौं । हामी संघर्ष गछौं ।


कार्यक्रममा नंखेल गाविस हाल सूनपा ९का पूर्व जनप्रतिनिधी दिलिप केसीले ऐतिहासिक जगाती चोकको महत्व बारे चर्चा गर्दै अरनिको राजमार्ग पीडित सरोकारवालाहरु एकजुट हुनुपर्नेमा जोड दिनु भयो । उहाँले जगाती बस स्टप मात्र होइन मापदण्डबाट घरवार बिहिन हुनुपरेका समुदायको समस्यालाई पनि सम्बोधन गर्न आवश्यक भएकोमा जोड दिनु भयो । भनपा ८का जनप्रतिनिधी शिव बालाले जगाती बस स्टप जनजीविकासँग जोडिएको र स्थानीय तहले समेत यथास्थानमै राख्नुपर्ने भनि सिफारिस गरिसकेकाले यथास्थान मै कायम गर्नुपर्नेमा जोड दिनु भयो । आयोजनाले जनभावना विपरित कार्य गर्न नहुनेमा उहाँको जोड थियो । स्थानीयवासी किरण खागीले भने सडक फराकिलो बनाउँदा सडकको सतह घटाउने नाममा झुक्याएर बस स्टप सार्ने षड्यन्त्र भएको आरोप लगाउनु भयो । उहाँले २ वर्ष अगाडीसम्म पनि जाईकाले गरेको सर्वेमा यथास्थानमा राखिने तयारी गरेको वस स्टेशन २।४ जनाको स्वार्थपूर्तिकालागि जनभावना लत्याएर बस स्टप सार्न नहुनेमा जोड दिनु भयो । सो अवसरमा स्थानीय हरिकृष्ण गोसाईले पनि २०२१ साल अगाडी देखि चल्दै आएको जगाती वस स्टप सार्न नहुनेमा जोड दिएका थिए ।
स्थानीय समुदायले बस स्टप नसार्न भन्दै स्थानीय प्रहरी कार्यालय, नगरपालिकाका सम्बन्धित वडाहरु, जिल्ला प्रशासन कार्यालय, सूर्यविनायक धुलिखेल सडक परियोजना सहित सरोकारवालाहरु समक्ष पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएका छन् भने स्थानीय भनपा ८ र सूनपा७ले समेत यथास्थानमै कायम राख्नुपर्छ भन्दै सिफारिस समेत दिइसकेको अवस्थामा आयोजनाले स्थानीयको आवाज नसुनेको उल्लेख गर्दै जगाती वस स्टप संघर्ष समितिले थप आन्दोलन गर्ने चेनतावनी दिएका थिए ।