वरिष्ठ अभिनेता श्रेष्ठ लसुन जोडीद्वारा सम्मानित
काभ्रे, पुस ६ गते
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ लसुन जोडी /SEVEN पनौतीद्वारा सम्मानित भएको छन् । गत असोज १०देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोले पीडित समुदायको सहयोगार्थ आयोजित सांस्कृतिक कार्यक्रमको अवसरमा श्रेष्ठ दोसल्ला र सम्मान्न पत्रका साथ सम्मानित भएका हुन भने सम्मानित श्रेष्ठले स्थानीय कलाकार विश्वराम श्रेष्ठलाई पनि सम्मानित गर्दै बाढी पहिरो पीडित समुदायलाई आर्थिक भौतिक सहयोग गर्ने संघ संस्था र समाजसेवीहरुलाई कदर पत्र प्रदान गर्नु भयो।
शनिबार पनौतीको ताम्राकार पार्टी प्यालेसमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि एवं सम्मानित व्यक्तित्व वरिष्ठ हास्यव्यंग कलाकार मदनकृष्ण श्रेष्ठले बाढी पीडितहरुलाई सहयोग गर्न पाउँदा मन नै हलुगो हुने बताउँदै समस्या परेकाहरुलाई सहयोग गर्ने भावना हुनुपर्नेमा जोड दिनु भयो । मह जोडी भएर कालाकारिता गरेको ४५ वर्ष पूगेको चर्चा गदै उहाँले पनौतीको लसुन जोडीले पनि एन्टिबायोटिक जस्तै काम गर्ने लसुनको महत्व र गरिमा जस्तै योगदान गर्न सकियोस् भन्नु भयो ।


राजनैतिक दलहरुले शक्ति प्रदर्शन गरे जस्तै आफ्नो कलाकारिताले देश विदेश घुमिरहेको चर्चा गर्दै वरिष्ठ कलाकार श्रेष्ठले एकले अर्कालाई सम्मान गर्ने बानि बसे घर परिवार समेत सप्रिने बताउनु भयो । आफू पाक्र्रिशन रोगको विरामी भएकाले खुल्ला ठाउँमा डौडिन सक्ने तर साना ठाउँमा हिड्न पनि नसक्ने भएको बताउनु भयो । स्वास्थ्य गडवढीका कारण आफ्नो डिमागले आफ्नै खुट्टालाई निर्देशित गर्न नसक्ने अवस्थामा रहेको जानकारी दिदै आफूले अरुलाई समाएर आफ्नो अनुकूल हिड्न सक्ने तर अरुले आपूmलाई समायो भने हिड्नै नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले आफूलाई सहयोग गर्न जीउमा समाउनु भयो भने पनि तालिम लिनुपर्ने छ भन्नु भयो । उहाँले सो अवसरमा सबै दर्शकलाई नचाउँदै फूलबुटे सरी…..गीत गुनगुनाउनु भयो ।
सो अवसरमा आयोजक लसुन जोडी m /SEVENले विभिन्न व्यक्ति संघ संस्थाहरुबाट संकलित रु.५ लाख५० हजार ५ सय ५५ रुपियाँ ५५ पैसा पनौती नगरपालिकाको बाढी पहिरो पीडित कोषमा जम्मा गरिसकेको भन्दै उपप्रमुख समक्ष चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वष्ठि रचनाकार सुरशे अधिकारी, लोक गायक मच्छेश्वर सापकोटा सहित दर्जनौ नायाँ तथा वरिष्ठ कलाकारहरुले गीत संगित प्रस्तुत गरी साँस्कृतिक कार्यक्रम मनाएका थिए ।














