भोली देखि भक्तपुर महोत्सव सुरु हुने
भक्तपुर, मंसिर २७ गते
भक्तपुरमा भोली देखि ५ दिने भक्तपुर महोत्सव सुरु हुने भएको छ । महोत्सवको भव्य रुपमा तयारी गर्दै आयोजक भक्तपुर नगरपालिकाले महोत्सव हुने स्थलहरुको निरिक्षण गर्दै थप व्यवस्थित पारिएको छ । नगरका ३२ स्थानमा विशेष महोत्सव आयोजना गर्ने भएपनि नगरका विभिन्न ठाउँ चोकहरुमा पनि महोत्सवका स्थलहरु रहेने गरी आयोजना हुन गइरहेको भक्तपुर महोत्सवले भक्तपुर नगरको ऐतिहासिक एवं साँस्कृतिक जनजीवनलाई जीवन्त राख्न, आन्तररिक तथा बाह्य पर्यटकहरु प्रर्वधन गर्न महोत्सवले थप टेवा पुग्ने विश्वासका साथ अहिले धमाधम महोत्सवको अन्तिम तयारी भइरहेको छ । भक्तपुरको दरवार क्षेत्रमा विहान ११ बजे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्ने औपचारिक कार्यक्रम सहित मंसिर २८ गते देखि पुस २ गतेसम्म हरेक दिन विहान १० बजे देखि ५ बजेसम्म महोत्सव आयोजना हुने छ ।
















