प्रगति पुस्तकालयद्वारा नगरव्यापी कविता प्रतियोगिता गर्ने

प्रगति पुस्तकालयद्वारा नगरव्यापी कविता प्रतियोगिता गर्ने
भक्तपुर, कार्तिक ४ गते
समाज परिवर्तनकालागि साहित्य उद्घोषका साथ भक्तपुर नगरव्यापी कविता प्रतियोगिता आयोजना हुने भएको छ । ११५ औं देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभतू तहको कविता प्रयिोगिता आयोजना हुने भएको हो । प्रगति पुस्तकालय प्रगति सामुदायिक सिकाई केन्द्र तौलाछे ९ सूर्यमढी भक्तपुरले यही कार्तिक १२ गते सो कविता प्रतियोगिता आयोजना गर्ने भएको हो ।


प्रतियोगितामा सहभागि हुन चाहने महानुभावहरुले कार्तिक ९ गतेभित्र आफ्नो रचना बुझाउन आयोजक प्रगति पुस्तकालयले आग्रह गरेको छ । कार्तिक १२ गते विहान ११ बजे वाकुपति नारायण परिसरमा आयोजना हुने सो प्रतियोगितामा सहभागिता सुल्क रु.१ सय तोकिएको छ । साथै प्रतियोगितामा सहभागि हुने कविहरुले देशभक्ति, प्रगतिशील, सामाजिक सचेतना तथा बालबालिकाप्रति सकारात्मक सोच विकास हुने खालको हुनुपर्ने भन्दै आयोजक समितिका अध्यक्ष रविन्द्र कुसीले प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सकिने, कविता गद्य वा पद्य जुनसुकै शैलीमा लेख्न सकिने, तर कविता कम्तिमा ३ हरफको र चार लाईन हुने नियमहरु प्नि सार्वजनिक गरेको बताए ।
कविता नेपाली भाषामा हुनुपर्ने साथै कविता कुनैपनि विद्युतीय माध्यम वा छापा माध्यमबाट प्रसारित र प्रकाशित नभएको हुनुपर्ने, एवं म्याद नाघी आएका कवितालाई प्रतियोगितामा समावेश नगराइने पनि प्रतियोगिताको नियममा उल्लेख छ ।
प्रतियोगितामा सहभागि मध्ये प्रथम, द्धितीय र तृतीयलाई नगद सहित पुरस्कार र प्रमाण पत्र वितरण हुने उल्लेख गर्दै अध्यक्ष कुसीले प्रतियोगितामा कुनै विवाद आएमा निर्णायक समितिको निर्णय नै अन्तिम हुने र प्रतियोगिताको मूल्यांकन कविता लेखन र कविता वाचन दुबैबाट हुने जनाएको छ ।