लोकेश्वर साकोसमा Bold Text Writing तालिम शुभारम्भ
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा द्ययमि त्भहत ध्चष्तष्लन तालिम शुभारम्भ भएको छ । एक हप्ता सम्म संचालन हुने उक्त तालिमको औपचारीक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले बचत र ऋण कारोबारमा मात्र केन्द्रीत नभइ सदस्यहरुको प्रतिभालाई उजागर गर्ने किसिमका विभिन्न तालिम, प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । सहकारीबाट सदस्यहरुको माग र आवश्यकतालाई ध्यानमा राखि सांस्कृति र सामाजिक उत्थान हुने, युवा लक्ष्यीत, बालबालिकाहरुको मनोबल बढाउने जस्ता धेरै कार्यक्रमहरु संचालन गर्दै आएको जसबाट सदस्यहरु प्रत्यक्ष रुपमा लाभाम्वित भएको जानकारी दिनुभयो । प्रशिक्षार्थी सदस्यहरुले तालिमबाट सिकेको सीपलाई दैनिक जिवनमा उपयोग गर्दै समुदायमा पनि सीप रुपान्तरण गर्नुपर्ने विचार राख्नु भयो । तालिमका प्रशिक्षक इन्द्रभक्त पंचले कार्यक्रममा बोल्दै हामीले निरन्तर रुपमा कोशिस गरेको खण्डमा कुनै पनि सीप सिक्न कठिन नहुने कुरा राख्दै प्रशिक्षार्थीहरुले तालिम सजिलै स“ग सिक्ने कुरा राख्नु भयो ।


संस्थाका संचालक सदस्य एवं उप–समितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपसमितिका सदस्य कल्पना द्योपालाले जम्मा १५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका र उक्त तालिमको समापन मिति २०८१ असार २९ गते हुने जानकारी दिनुभयो ।














