विश्व रक्तदाता दिवसको अवसरमा ३७ जनाले गर्यो रक्तदान
भक्तपुर, जेष्ठ ३२ गते
२० औं विश्व रक्तदाता दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना भएको छ । भक्तपुर नगरको गोलमढीस्थित झोरबहीमा आयोजित सो रक्रदान कार्यक्रम गोर्खा ग्रुपले आयोजना गरेको थियो । रक्तसञ्चार केन्द्र, रेडक्रस भक्तपुरको प्राविधिक सहयोगमा आयोजित सो रक्रदान कार्यक्रममा २ महिला र ३५ पुरुष सहित जम्मा ३७ जनाले रक्रदान गरेको गोर्खा इको प्यानलका सिईओ सुरेश कवांले जनाएको छ । आयोजक समितिका प्रवन्धक विश्वराम कवांले उद्यमीले व्यापार मात्र होइन सामाजिक सेवाको जिम्मेवारी वहन पनि गर्दछ भन्ने सन्देश दिन गोर्खा इको प्यानल, गोर्खा वीन्डो र गोर्खा चाइनिज इट्टा उद्योग अर्थात गोर्खा ग्रुपले आज विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । यो गोर्खा गु्रपको दोस्रो रक्तदान कार्यक्रम थियो ।
















