तेस्रो भक्तपुर कपको तयारी सुरु(फल्गुण १८-२६ गते)
भक्तपुर, माघ २४ गते
भक्तपुर युवा टिमको तेस्रो भक्तपुर कप २०८० को तयारी सुरु भएको छ । आयोजक समितिका सचिव रामेश्वर मचामसीका अनुसार तेस्रो भक्तपुर कप २०८० यहि आउँदो फाल्गुण १८ गते देखि २६ गतेसम्म हुने भएको छ । आकर्षक नगद पुरस्कार सहित आयोजना हुने सो प्रतियोगिता यस वर्ष पनि महेश्वरी खेलमैदानमै हुने उहाँले बताए ।स्थानिय देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति प्राप्त खेलाडी र टिम सहितको सहभागितामा हुने भक्तपुर कप गत वर्ष सहीद दिवसको सन्दर्भसँगै फाल्गुण ६ गते देखि सुरु गरेको थियो । यस वर्ष भने फल्गुण १८ गतेदेखि २६ गतेसम्म गर्ने गरी आयोजक भक्तपुर युवा टिमले निर्णय गरेको उहाँले बताए ।
टिमको निर्णय अनुसार प्रतियोगितामा पहिलो हुनेलाई १ लाख २५ हजार नगद सहित सिल तथा प्रमाण पत्रको व्यवस्था गरेको छ । यसै गरी दोस्रो हुनेलाई सिल र प्रमाण पत्र सहित ६५ हजार नगद पुरस्कार दिने भएको छ । म्याच अफ द म्यान र उदेय्मान खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्दै भक्तपुर कपको उचाई बढाई रहेको भक्तपुर युवा टिमले यसवर्ष देखि खेल अवधिभर खेलाडीहरुका लागि नि:शुल्क विमाको सुविधा दिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने टिमलाई दर्ता सुल्क भने रु. १२ हजार ५०० तोकिएको छ ।
२०५० साल देखि “मित्रता, अनुशासन र स्वास्थ्यकालागि खेलकूद” उद्घोष गर्दै विभिन्न खेलकूद गतिविधि आयोजना गर्दै आएको भक्तपुर युवा टिमले खेल प्रशिक्षण, खेलाडी सम्मान तथा विभिन्न खेल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । यसै बीच विश्वव्यापी लोकप्रिय खेल फुटबलबाट भक्तपुरलाई चिनाउन, गुणस्तरीय खेलाडी उत्पादन गर्ने उदेश्य सहित भक्तपुर युवा टिमले २०७८ साल देखि भक्तपुर कप आयोजना गर्न थालेको हो ।
आकर्षक नगद पुरस्कार सहित खेलको विकास र खेलाडीहरुको मनोबल बढाउने गरी भक्तपुर कपको तेस्रो सृखला भव्य रुपमा सफल पार्न तयारी समेत सुरु भएको उहाँले बताए । यस वर्ष गत वर्षको भन्दा नगद पुरस्कार बढाउने तयारी गरेको भएपनि गतवर्षकै पुरस्कारलाई निरन्तरता दिएको उहाँले बताए
समाजसेवी विश्वराम कवांको अध्यक्षतामा २०५० सालमा गठन भएको भक्तपुर युवा टिमको अध्यक्षमा अहिले केशव त्वानावासु छन् । सल्लाहकारमा विश्वराम कवां, उकेश कवां र श्रीकृष्ण किसी रहेका छन् ।
टिमका सदस्य सुरेश कवांका अनुसार गत वर्ष झै यस वर्ष पनि फाल्गुण ६ गते देखि नै प्रतियोगिता सुरु गर्ने तयारी भए पनि प्रतियोगितालाई थप व्यवस्थित बनाउन फाल्गुण १८ गते देखि मात्रै सुरु गर्ने भएको बताए । गत वर्ष दोस्रो भक्तपुर कप सुरु हुँदा भक्तपुर नगरपालिकाले पनि अन्तर नगर खेलकुद प्रतियोगितासँगसँगै आयोजना गर्दा खेलाडी र खेलप्रेमीहरुलाई असुविधा भएको गुनासो थियो । यस वर्षको अन्तर नगर खेलकूद प्रतियोगिताको मिति भने अहिले भक्तपुर नगरमा जारीे भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकूद प्रतियोगिताको समापन समारोह माघ २७ गते घोषणा गर्ने नगरपालिकाको तयारी छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














