तेस्रो भक्तपुर कपको तयारी सुरु(फल्गुण १८-२६ गते)
भक्तपुर, माघ २४ गते
भक्तपुर युवा टिमको तेस्रो भक्तपुर कप २०८० को तयारी सुरु भएको छ । आयोजक समितिका सचिव रामेश्वर मचामसीका अनुसार तेस्रो भक्तपुर कप २०८० यहि आउँदो फाल्गुण १८ गते देखि २६ गतेसम्म हुने भएको छ । आकर्षक नगद पुरस्कार सहित आयोजना हुने सो प्रतियोगिता यस वर्ष पनि महेश्वरी खेलमैदानमै हुने उहाँले बताए ।स्थानिय देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति प्राप्त खेलाडी र टिम सहितको सहभागितामा हुने भक्तपुर कप गत वर्ष सहीद दिवसको सन्दर्भसँगै फाल्गुण ६ गते देखि सुरु गरेको थियो । यस वर्ष भने फल्गुण १८ गतेदेखि २६ गतेसम्म गर्ने गरी आयोजक भक्तपुर युवा टिमले निर्णय गरेको उहाँले बताए ।
टिमको निर्णय अनुसार प्रतियोगितामा पहिलो हुनेलाई १ लाख २५ हजार नगद सहित सिल तथा प्रमाण पत्रको व्यवस्था गरेको छ । यसै गरी दोस्रो हुनेलाई सिल र प्रमाण पत्र सहित ६५ हजार नगद पुरस्कार दिने भएको छ । म्याच अफ द म्यान र उदेय्मान खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्दै भक्तपुर कपको उचाई बढाई रहेको भक्तपुर युवा टिमले यसवर्ष देखि खेल अवधिभर खेलाडीहरुका लागि नि:शुल्क विमाको सुविधा दिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने टिमलाई दर्ता सुल्क भने रु. १२ हजार ५०० तोकिएको छ ।
२०५० साल देखि “मित्रता, अनुशासन र स्वास्थ्यकालागि खेलकूद” उद्घोष गर्दै विभिन्न खेलकूद गतिविधि आयोजना गर्दै आएको भक्तपुर युवा टिमले खेल प्रशिक्षण, खेलाडी सम्मान तथा विभिन्न खेल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । यसै बीच विश्वव्यापी लोकप्रिय खेल फुटबलबाट भक्तपुरलाई चिनाउन, गुणस्तरीय खेलाडी उत्पादन गर्ने उदेश्य सहित भक्तपुर युवा टिमले २०७८ साल देखि भक्तपुर कप आयोजना गर्न थालेको हो ।
आकर्षक नगद पुरस्कार सहित खेलको विकास र खेलाडीहरुको मनोबल बढाउने गरी भक्तपुर कपको तेस्रो सृखला भव्य रुपमा सफल पार्न तयारी समेत सुरु भएको उहाँले बताए । यस वर्ष गत वर्षको भन्दा नगद पुरस्कार बढाउने तयारी गरेको भएपनि गतवर्षकै पुरस्कारलाई निरन्तरता दिएको उहाँले बताए
समाजसेवी विश्वराम कवांको अध्यक्षतामा २०५० सालमा गठन भएको भक्तपुर युवा टिमको अध्यक्षमा अहिले केशव त्वानावासु छन् । सल्लाहकारमा विश्वराम कवां, उकेश कवां र श्रीकृष्ण किसी रहेका छन् ।
टिमका सदस्य सुरेश कवांका अनुसार गत वर्ष झै यस वर्ष पनि फाल्गुण ६ गते देखि नै प्रतियोगिता सुरु गर्ने तयारी भए पनि प्रतियोगितालाई थप व्यवस्थित बनाउन फाल्गुण १८ गते देखि मात्रै सुरु गर्ने भएको बताए । गत वर्ष दोस्रो भक्तपुर कप सुरु हुँदा भक्तपुर नगरपालिकाले पनि अन्तर नगर खेलकुद प्रतियोगितासँगसँगै आयोजना गर्दा खेलाडी र खेलप्रेमीहरुलाई असुविधा भएको गुनासो थियो । यस वर्षको अन्तर नगर खेलकूद प्रतियोगिताको मिति भने अहिले भक्तपुर नगरमा जारीे भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकूद प्रतियोगिताको समापन समारोह माघ २७ गते घोषणा गर्ने नगरपालिकाको तयारी छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













