बाल सुधार गृह घटनाको अनुसन्धानमा सहयोग गर्न प्रजिअ रिजालको आग्रह
भक्तपुर, श्रावण ५ गते
भक्तपुर जिल्लाकोे सानो ठिमीस्थित बाल सुधार गृहबाट बाहिरिएका २सय २१ बालबालिकाहरु मध्ये अझै ९ जना सम्पर्क बिहिन रहेको भन्दै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा घटना बारे छानविन समिति बनिसकेकोले छानविनमा सहयोग गर्न आग्रह गर्नु भएको छ । मृतक परिवारले आजसम्म पनि प्रहरीमा जाहेरी नदिदा पोसमार्ट सहित थाप अनुसन्धान गर्न धिला भइरहेको भन्दै प्रजिअ रिझालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हुन । सधै शान्त अवस्थामा रहेको भक्तपुर जिल्लाको सानो ठिमीस्थित युसेप नेपालले प्रवर्धन गर्दै आएको बाल सुधार गृहमा रहेका कमल बस्नेतको श्रावण ३ गते भएको अचानाक मृत्यु, हत्या हो कि? प्राकृतिक मृत्यु हो ? सो बारेमा छानविनकालागि परिवारले जाहेरी दिएको भए पोसमार्टम मार्फत छिटै थप अनुसन्धान हुने उल्लेख गर्दै भक्तपुर जिल्लाका प्रहरी उपरिक्षक प्रजित केसीले बाल अधिकारलाई ध्यानमा दिएर हिजो प्रहरी बल प्रयोग नगरेको बताएका छन् ।
अपराधिक गतिविधिमा संलग्न भएको भन्दै देशका विभिन्न क्षेत्रबाट सुधारकालागि ल्याएका बालबालिकाहरुलाई पढ्ने,लेखाउने तथा सिप समेत सिकाउने गरी बाल सुधार गृहमा राख्दै आएको प्रहरी उपरिक्षक केसी बताउँछन् । क्षमता भन्दा तीन गुणा बढी बालबालिका हरेको गुणासो पहिलो देखिको भएपनि यो घटना कसरी भयो? भन्ने विषय छानविनको विषय रहेको बताए । तीनसयको हाराहारीमा रहेका ति बालबालिका (एक हिसाबले बालबन्दि) मध्ये रामेछाप घर भएका कलम बस्नेत बलात्कार घटनामा संलग्न भएको भन्दै १८ वर्षको उम्मेरमा २०७७ सालमै सो बाल गृहमा बस्दै आएका थिए । श्रावण ३ गते अचानक बेहासपछि अस्पताल लगिएका बस्नेतको मृत्यु घोषणा पछि परिवारले छानविनाकालागि दबाफ सहित लगाएको नाराबासीपछि निस्केको बालगृहका संरक्षित युवाहरुले युसेन नेपाल सहित आसपासका क्षेत्रमा टोडफोस र प्रहरीसँग झडप समेत गरेको थियो । सो झडपबाट १९ जना प्रहरी र १० जना प्रदर्शनकारी घाईते भएका थिए ।
मृतक बस्नेतका परिवारले प्रहरीमा जाहेरी दिन आउँछौं भन्दा भन्दै बाल गृह परिसरमा बसेर हिजो नाराबाजी गरेपछि बाल गृहबाट झण्डै ३ सयको संख्यामा रहेका बालबालिका गृहबाट बाहिरिएको घटना विवरण सुनाउँदै प्रजिअ रिझालले सुधार गृह भित्र रहेका बालबालिका के कस्तो कारण बाहिर आए सो बारे पछि छानिविन हुने तर बाल गृहमा क्षमता भन्दा बढी रहेको विषय देशभरकै समस्या रहेको जनाए । यस विषयमा स्थानीय तहको महत्वपूर्ण जिम्मेबारी रहने भएपनि प्रदेश र केन्द्रीय सरकारको पनि ध्यानाकार्षण हुने बताए । जिल्ला सुरक्षा समितिको प्रमुखको हिसावले पनि प्रजिअ रिझालले मृतक परिवारसँग पटक पटक छलफल गर्दै आएको र थप घटनाको निश्पक्ष छानविन गर्ने बताए । छानविनमा लुकाई छिपाई हुँदैन, बास्तविक कुरा बाहिर ल्याउछौं उहाँले भने सहायक प्रजिअको टोलिले एक हप्ता भित्र प्रतिवेदन तयार गर्ने छ ।
गृहबाट बाहिरिएका सम्पर्क बिहिन ९ जनालाई प्रहरीले तिनका परिवार, नातागोता समेतको सहयोगमा नियन्त्रणमा ल्याउने चर्चा गर्दै प्रहरी उपरिक्षक केसीले बाल बालिकाको हक अधिकारलाई प्रहरीले सम्मान गरेको बताए । मृतक बस्नेतको परिवार र आफन्तको नारावाजी र सुधार गृहका युवाहरुको प्रदर्शनीका घटनाहरुमा शान्ति सुरक्षाको भूमिका मात्रै प्रहरीले खेलेको प्रहरी उपरीक्षक केसीको भनाई छ। प्रहरीले डमन गरेको गोलि समेत चलाएर थप साथीहरुको हत्या र घाइटे बनाएको विभिन्न सामाजिक सञ्जाल र आन्दोलित युवाहरुको भनाईलाई समेत इन्कार गर्दै प्रहरी उपरिक्षक केसीले बाल गृह आससासमा भएको झडप नियन्त्रणका लागि प्रहरीले गोलि नचलाएको र दमनको नीति पनि नलिएको बताउँदै कसैले गोली चलाएको भए त्यसको पनि छानविन हुने बताए । गोलि चढाउनुपूर्व सचेतनाका लागि माइकिङ्ग गर्ने, पानीको फोहरा दिने, अस्रु ग्यास छोड्ने त्यसपछि पनि नियन्त्रणमा नआए प्रहरीले प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीले पनि गृह मन्त्रालय मातहतका माथिलो निकायको अनुमति लिनुपर्ने प्रकृया समेत रहेकाले त्यस्तो घटना नभएको प्रमुख जिल्ला अधिकारी रिजाल र प्रहरी उपरिक्षक केसी समेतले जनसञ्चार खबरमार्फत सो घटना बारे प्रष्ट्याएका छन् ।