ख्वप माविका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत
भक्तपुर । २०८० साउन १६ गते, मंगलबार
नेपाल मजदुर किसान पार्टीका श्रद्धय अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० को प्रमुख आतिथ्यमा ख्वप माध्यमिक विद्यालय स्थापनाको २५ औ“ वर्ष प्रवेशको ९२०५६ साउन १६ गते स्थापना भएको० अवसरमा तथा ख्वप मा।वि। र शारदा क्याम्पस मा।वि।मा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार एक भव्य समारोहबीच सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेंले कलेजमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुले अध्ययन सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्न प्रेरित गर्नुभयो ।
राज्यको उन्नति र प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताउँदै उहाँले निःस्वार्थ रुपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने हुँदा विद्यार्थी जीवनदेखि विद्यार्थीहरुलाई असल राजनीति गर्नतर्फ उत्प्रेरित गरिँदै लानुपर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले देश विदेशको भूगोल अध्ययनले विद्यार्थीहरुमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँ नयाँ पत्ता लगाउनेतर्फ विद्यार्थीहरुको चासो हुनुपर्ने बताउनुभयो ।
देशभक्तिको भावना भएका विद्यार्थीहरुले आफ्नो देशको प्रगति र उन्नतिको लागि सँधै तत्पर भएर लाग्ने बताउँदै उहाँले विदेशबाट सिकेको ज्ञान र सीपलाई आफ्नै देशमा प्रयोग गरी उपलब्धीपूर्ण काम गर्नु आफैमा एउटा सफलता भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन ढिलाइ गर्न नहुने बताउंदै ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीहरुलाई नया“ नया“ विषयमा अध्ययन अनुसन्धान गराउने लक्ष्य रहेको बताउनुभयो ।


शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक भागबण्डाकै कारण देश लथालिंग अवस्थामा पुगेको बताउ“दै उहा“ले सरकारले युवालाई विदेशी भूमिमा सस्तो ज्यामी बनाउन लिएको नीतिको सबैले विरोध गर्नुपर्ने बताउनुभयो ।
ख्वप माविको जगमा उभिएर भक्तपुर नपाले नया“–नया“ शैक्षिक संस्थाहरु स्थापना गर्दै सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै २१ औं शताब्दीको लागि योग्य, देशभक्त नागरिक तयार गर्नेमा यी शैक्षिक संस्थाहरुको विशेष भूमिका रहेको सांसद सुवालले बताउनुभयो ।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्ड प्रकरण आदिमा शासक दलको संलग्नता रहनु आफैमा राजनैतिक नैतिकताको कमीको कारण हो, उहा“ले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीले देश र समाजले उपलब्धी हासिल गरेको बताउ“दै देशभर जनस्तरबाट शैक्षिक संस्थाहरु सञ्चालन भएमा गरिब जनताका छोराछोरीहरु मह“गा विद्यालय र कलेजहरुमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालनलाई भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढाइरहेको चर्चा गर्दै उहा“ले अध्ययनको सिलसिलामा वर्षेनि लाखौं विद्यार्थीहरु विदेशिंदै गर्दा नेपालका कलेजहरु संकटग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नपाबाट सञ्चालित ८ वटा कलेजहरुले भक्तपुरको मात्र नभई सिंगो देश विकासको लागि महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । उहा“ले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको दीर्घकालीन सोच भएको बताउ“दै छिटो भन्दा छिटो ख्वप विश्वविद्यालय संसदबाट पारित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाल खुल्ला विश्वविद्यालय व्यवस्थापन तथा कानुन सड्ढायका डीन प्रा।डा। अरहन स्थापितले नेपालमा २०१७ सालबाट खुल्ला विश्वविद्यालय स्थापना भएको र उक्त विश्वविद्यालयले प्रविधिमा आधारित विषयवस्तुहरुको अध्ययन अध्यापनमा जोड दिंदै आएको बताउनुभयो । नेपाल खुल्ला विश्वविद्यालयको शैक्षिक विशेषताहरुमाथि प्रष्ट पार्दै डा। स्थापितले दक्ष जनशक्ति देशकै लागि अर्थपूर्ण सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर, डा। मजेशप्रताप मल्लले ख्वप सर्कलको गौरवपूर्ण इतिहासलाई अझ उ“चो बनाउन विद्यार्थीहरुले थप मेहेनत गर्नुपर्ने बताउ“दै नया“ नया“ कुरा सिक्ने कुरामा विद्यार्थीहरु स“धै प्रेरित हुनुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई। सुजन माकले भक्तपुर नपाले ‘एक घर एक स्नातक’ को अवधारणाका साथ स्थापित कलेजहरुको उद्देश्य क्रमशः पूरा हुने क्रममा रहेको बताउ“दै यी कलेजहरुले अध्ययन अनुसन्धानलाई गुणस्तरीय बनाउंदै समय सान्दर्भिक विषयहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा जोड दिंदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप कलेजका प्राचार्य तथा ख्वप मा।वि।का पूर्वप्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप मा।वि।का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले कक्षा ११ मा १९ सय २० भन्दा बढी विद्यार्थी भर्ना भएको तथ्यांक प्रस्तुत गर्दै विद्यार्थीहरुलाई खोजमूलक स्वअध्ययनमा सहभागी हुन र सामाजिक सञ्जालको विवेकपूर्ण उपयोग गर्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिएन ।













