बाका भैरवको चर्चा गरेर मानन्धरहरुले गुठीको कार्यक्रम सम्पन्न गरे
पुस ११, केके मानन्धर
काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सना:गु खल:को २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गुठीले ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गरी कार्यक्रम गरेका छन् ।
कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले ईन्द्रजात्राको क्रममा आकास भैरवसँगै प्रदर्शन गरिने बाका भैरवको महत्त्वको विषयमा प्रकाश पारे । ‘उहिले बाका भैरवले तत्कालीन काठमाडौं नगरको आधा भूभाग जितेका थिए । बछि र बाखा भैरव शब्द अपभ्रंस भएर बाका भैरव हुनपुगेको सुनेको छु । बछिको अर्थ स्थानिय भाषामा आधा भन्ने हुन्छ । यो आधारले उहिले आधा नगर जितेका भैरवलाई हामीले संरक्षण गर्दै आएका छौं ।’ मानन्धरको भनाइ थियो । उहाँले किंवदन्ती र परम्पराकै आधारमा ईन्द्रजात्राको एकदिन अगाडि प्रर्दशन गरेर जात्रा सकिएको भोलीपल्ट बाका भैरव भित्र्याउने चलन रहेको बताए ।
हुनपनि सत्ययुगमा महामायाले त्रिदेवलाई ५ किसिमको वर दिए पश्चात् भैरवको उत्पत्ति भएको विश्वास गरिन्छ । स्थिर वैंश, स्त्री शक्ति, शताब्दी आयु, त्रिगुण र कर्तव्यको वरदान प्राप्त गरेका त्रिदेव नै हाम्रो लागि रक्षक र क्षेत्रपाल भएको शास्त्रमा उल्लेख छ ।
कार्यक्रममा संघीय सांसद माननीय विराजभक्त श्रेष्ठले बाका भैरव गुठीलाई व्यवस्थित गर्ने क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । माननीय श्रेष्ठले सामुदायिक रुपमा संगठित भएकाहरुले संस्कृति संरक्षणमा दिएको योगदानलाई कदर गरी स्थायित्वको लागि आग्रह समेत गरे ।
त्यस्तै, काठमाडौं ८ ‘क’ का प्रदेश सांसद शैलेन्द्र मान बज्राचार्यले निस्वार्थ भावनाबाट प्रेरित भएर काम गर्नुपर्नेमा जोड दिए । देश र जनताको लागि समर्पित जनप्रतिनिधिहरुलाई समुदायले प्रोत्साहन दिन समेत आग्रह गरे ।
कार्यक्रममा फरक विधामा योगदान दिएका र शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गरेका समुदायभित्रका १८ जना महानुभावहरु सम्मानित भएका थिए । गुठीका कजि न्हुच्छे नारायण मानन्धरको सभापतित्वमा सामाखुसीमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धर, राजनीतिज्ञ, समाजसेवी, गुठीका पदाधिकारीहरु सहभागी थिए ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














