ख्वप इन्जिनियरिङ कलेजका गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु.६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण
भक्तपुर । २०७९ फागुन ७ गते, आइतबार
भक्तपुर नगरपालिकाबाट सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच छात्रवृत्ति रकम वितरण गर्यो ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले दुवै कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आज रु. ६१ लाख बराबरको छात्रवृत्ति वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीहरुलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित विभिन्न कलेजहरुमार्फत वार्षिक ४ करोड बराबरबको छात्रवृत्ति वितरण हुँदै आइरहेको बताउँदै उहाँले भन्नुभयो, शैक्षिक संस्थामा बन्द हड्तालको प्रभाव पर्नुहुँदैन भन्ने मान्यताले हामी अगाडि बढिरहेका छौं ।
उहाँले इमानदारीपूर्वक देश र जनताको निम्ति सेवा गर्ने भावना विद्यार्थीहरुमा हुनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले अन्य विभिन्न विषयमा पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋण समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्ष बितिसक्दा पनि जनताले देशमा कुनै परिवर्तनको महसुस नगरेको बताउँदै प्रमुख प्रजापतिले आर्थिक समानतासहितको प्रजातन्त्र आजको आवश्यकता हो बताउनुभयो ।
राजनीतिक अस्थिरता भएको देशमा विकासको सम्भावना नहुने बताउँदै उहाँले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व भएको बताउनुभयो ।
विद्यार्थीहरुले अध्ययनसँगसँगै देशको राजनीतिबारे पनि ध्यान दिन सके हामीले सोचेअनुसार देशमा परिवर्तन सम्भव हुने बताउँदै उहाँले परिश्रम र मेहनती विद्यार्थीले नै सफलता हासिल गर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा कलेज सञ्चालक समितिका सदस्य रबिन्द्र ज्याख्वले भक्तपुर नपाले हाल ८ वटा कलेज, ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिको प्रतिक्षामा नगरपालिका रहेको बताउनुभयो ।
त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाका उद्देश्यमाथि प्रष्ट पार्दै कलेज स्थापनाको उद्देश्यअनुसार निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थीहरु लाभान्वित भएको र भक्तपुरको दुवै इन्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीहरुमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज लेखा शाखा प्रमुख काजीबहादुर पन्च, प्रशासन प्रमुख सिद्धिराम सुवाल, ख्वप कलेज अफ इन्जिनियरिङ प्रशासन प्रमुख सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई रु. ३२ लाख ९ सय र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई रु. २९ लाख ३६ हजार गरी रु. ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको कलेज स्रोतले जनाएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...













