अस्पतालले विरामी निको गर्ने, फोहर क्यान्टिनले थप विरामी बनाउने

अस्पतालले विरामी निको गर्ने, फोहर क्यान्टिनले थप विरामी बनाउने

भक्तपुर, २० भाद्र । भक्तपुरका मुख्य मुख्य अस्पतालहरुमा सञ्चालित क्यान्टिनहरुमा सरसफाई र सामान व्यवस्थापनमा समस्या देखिएपछि अस्पतालले विरामी निको गर्र्नेे, फोहर क्यान्टिनले विरामी बढाउने अवस्था देखिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जनाएको छ । जनसञ्चार खवरसँग कुरा गर्दै निरिक्षकले अस्पतालका क्यान्टिनहरुमा फोहर व्यवस्थापनको समस्याको रुपमा रहेकाले सुधारका लागि अपिल गरेको बताए । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा अस्पतालहरुमा रहेको क्यान्टिन अनुगमनका क्रममा निरिक्षक प्रजापतिले सो कुरा बताएका हुन । अनुगमनमा विरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको कुरा अनुगमण संयोजक गोराले पनि जोड दिए ।
अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र राँगोको मासु राखी राखेको नष्ट गराउन लगाई पाकेको र काँचो खाद्य बस्तुहरु छुट्टा छुट्टै राख्न र फोहर कुहिने र नकुहिने छुट्ट्याएर भान्छा बाहिर राख्न, अखाद्य तेल र पटक पटक पकाएर तेल प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा एकदमै फोहर देखिएकोले सफा र व्यवस्थित गरी ग्यास सुरक्षित राख्न निर्देशन दिई तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै क्यान्सर अस्पतालनको सुप्रिमु रेष्टुरेन्ट एण्ड मःमः हाउसमा भान्छा कोठा धुवा र तेलले कालो(खार) भई सकेकोले सो सफा गरी चिम्निको व्यवस्था गरी सफा र व्यवस्थित गर्न, क्यान्टिनमा प्रयोग भएको खाद्य सामाग्रीको म्याद नाघेको मिति नभएको चामल भेटिएकोले लेबल नभएको प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न निर्देशन दिई पसल दर्ता नभएकोले दर्ता गरायो ।
त्यस्तै मानव अंग प्रत्यारोपन अस्पतालमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड क्यान्टिनमा भान्छाको भुई भित्ता सफा गर्न मिल्ने गरी निकासको व्यवस्था गर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, मुल्य सूचि राख्न, सरसफाईमा ध्यान दिन र दर्ता प्रमाणपत्र पसलमा नभएकोले देखिने गरी पसलमा राख्न र तीन दिन भित्र दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा सरसफाईमा ध्यान दिन, मुल्य सूचि राख्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, फ्रिजमा खाद्य बस्तुहरु, जुस र आइसक्रिम संगै राखेकोले छुट्टाछुट्टै राख्न र पसल दर्ता बिना विगत दश बर्ष अगाडिदेखि संचालनमा रहेकोले तीन दिन भित्र वडाकार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रोशन मैया सुवाल, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भगाउर प्र. हरिजन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवांको सहभागी थियो ।