अन्तर्राष्ट्रिय बजार पहु“च सम्बन्धी तालिम आयोजना
भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी)को संयुक्त आयोजनामा आज मिति २०७९ जेठ ३१ गते “सम्भावित अन्तर्राष्ट्रिय बजार पहु“च (Potential International Market Access)० सम्बन्धी ४ दिने तालिमको आज पहिलो दिन सम्पन्न भएको छ । आयात निर्यात व्यापारमा सहजिकरण गर्दै अन्तर्राष्ट्रिय बजारसम्म नेपाली उत्पादनहरुको पह“ुच बढाउन सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना भएको हो ।

तालिमको उद्घाटन भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक श्री शरद विक्रम राणाबाट संयुक्त रुपमा गर्नु भएको थियो ।
सो अवसरमा सहभागीहरुलाई स्वागत गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले संस्थाबाट आफ्ना सदस्य एवं जिल्लाका उद्यमी व्यवसायीहरुको समस्या एवं आवश्यकता पहिचान गर्दै सोही अनुसारका गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनु भयो । साथै मौजुदा तालिमले व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय व्यापार अभिवृद्धि गर्न थप टेवा पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक श्री शरद विक्रम राणाले अन्तर्राष्ट्रिय बजारको माग र आवश्यकता पहिचान गरी सोही अनुरुप उद्योग व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । साथै नेपाली मौलिक उत्पादनहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रले मन पराउने भएको हुंदा यस्ता उत्पादनहरुको निर्यात सहजिकरणमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सहयोग पु¥याउने पनि बताउनु भयो ।
तालिमको उद्घाटनका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा भौतिक पूर्वाधार सभापति श्री रोशन भोयद्यो र भक्तपुर नगर चेम्बरका सल्लाहकार श्री विष्णु भक्त मारिखु अतिथिको रुपमा उपस्थिति हुनु भएको थियो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकारीहरुबाट प्रदान गरिने उक्त तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसंग सम्बन्धित २५ जना व्यवसायीहरु सहभागी भएका छन् । उक्त तालिम असार ३ गतेसम्म सञ्चालन हुनेछ ।














