नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिम सम्पन्न

नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिम सम्पन्न

भक्तपुर, जेष्ठ १५ गते

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना, भक्तपुर जेसिज्, भक्तपुर लेडि जेसिज् र भक्तपुर जुनियर जेसिज्को सहआयोजना तथा एलिभेट एकेडेमीको प्राविधिक सहयोगमा आज भक्तपुरमा नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिमको आयोजना भयो । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा भएको उक्त तालिममा अष्ट्रेलिया, न्यूजिलैण्ड, फिजि तथा पपुवान्युगिनिका लागि नेपालका पूर्व राजदुत श्री महेश दाहालले सहभागीहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।

भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका ४१ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिमको समापन नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य श्री देवेन्द्र भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । सो क्रममा तालिमका प्रशिक्षार्थीहरु श्री सुचिता स्वंगमिखा र श्री सुजेन्द्र मुनंकर्मीले तालिमका बारेमा आफ्नो अनुभव पोख्नु भएको थियो । भक्तपुर जेसिज २०२२ का अध्यक्ष श्री अनुज हाडाले धन्यवाद मन्तव्य दिनु भएको उक्त तालिम कार्यक्रमको संयोजन भक्तपुर नगर चेम्बरका उपाध्यक्ष एवं एलिभेट एकेडेमिका सञ्चालक श्री रश्की सिल्पकारले गर्नु भएको थियो । सो अवसरमा भक्तपुर नगर चेम्बरका सल्लाहकार श्री विष्णु भक्त मारिखु, भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कविदास श्रेष्ठ र भक्तपुर लेडि जेसिज २०२२ का अध्यक्ष श्री सिरु श्रेष्ठको मञ्चमा सहभागिता रहेको थियो ।