भारतले मनायो ७३ औं गणतन्त्र दिवस ।

भारतले मनायो ७३ औं गणतन्त्र दिवस ।

भारतले आज आफ्नो ७३ औं गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै नेशनल वार मेमोरियल गएर सहिदहरूलाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले दिवसको अवसरमा राजपथमा आयोजित समारोहलाई सम्बोधन गर्दै गणतन्त्र दिवसको शुभकामना पनि दिनुभयो । यस वर्षको गणतन्त्र दिवस भारतमा सप्ताह व्यापी रुपमा मनाइने भन्दै प्रधानमन्त्री मोदीले गणतन्त्रको महत्त्वलाई ध्यानमा राखेर विभिन्न समारोहको आयोजना सातै दिने गरिने पनि बताउनुभयो । दिवसको अवसरमा विभिन्न मन्त्रालयको झाँकी पनि प्रस्तुत गरिएको थियो भने सेनाहरूले पनि आफ्नो परेड प्रस्तुत गरेका थिए । समारोहलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्ड कडाईँका साथ पालना गरिएको थियो भने सुरक्षा अवस्था पनि कडा बनाइएको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।