भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढ्यो ।

भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढ्यो ।
भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढेको छ । सधैंको बर्ष जस्तो दिपावलीको भोलीपल्ट दिल्लि धुवामय भएको छ । दिल्लि आज संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ ।हिजो राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको बीबीसीले जनाएको छ । आज बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको हावाको गूणस्तर इन्डेक्स एक्वुआई ४५१ पुगेको छ । यहि कारण सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाएको पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।