नेपालमा थप २ हजार ४ सय ४२ जनाको कोरोना भाइरसको सङ्क्रमण पुष्टि ।।
नेपालमा थप २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ९ सय ५६ कोरोना परीक्षण गर्दा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गत २४ घन्टामा ६ हजार ६ सय ७७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४ हजार २ सय ४९ एन्टीजेन परीक्षण गदा १ हजार १ सय २१ जनामा कोरानो सङ्क्रमण देखिएको हो । जसमध्ये काठमाडौंमा ४५०, भक्तपुरमा २५ र ललितपुरमा थपिएका हुन । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ४७ हजार १ सय ५८ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर ३ हजार ४ सय ५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ५१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ । हाल देशभर ५५ हजार ५ सय ३२ सक्रिय सङ्क्रमित रहेका छन् । जसमा ५१ हजार ८ सय ३३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ६ सय ९९ जना संस्थागत आइसोलेसनमा छन् । देशभर रहेका सङ्क्रमित मध्ये ८ सय ७१ आईसीयूमा उपचाररत छन् भने २ सय ५० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । हालसम्म नेपालमा एन्टीजेन विधिबाट २६ हजार ५ सय ९५ जनामा कोरोना देखिएको छ भने अराटी पिसिआर विधिबाट ६ लाख २० हजार ५ सय ६३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
ब्ब









