ऐतिहासिक लांचा फल्चाले पुनजीवन पाउँदै, आज शिलान्यास

ऐतिहासिक लांचा फल्चाले पुनजीवन पाउँदै, आज शिलान्यास

भक्तपुर, जेष्ठ ३१ गते
निषेधाज्ञाका बीच भक्तपुर नगरको एक ऐतिहासिक लांचा फल्चाको सोमबार शिलान्यास भएको छ । निषेधाज्ञा अगाडी नै शिल्यान्यासको तयारीमा रहेको सो पाटी निषेधाज्ञा बीच वडाध्यक्ष लक्ष्मिप्रसाद ह्यौमिखाले आज शिलान्यास गर्नु भयो । भक्तपुर नगरपालिका वडा नम्वर १०स्थित लांचा फल्चा (पाटी) लामो समय देखि बेवारिसे अवस्थामा मात्र होइन पाटीको अस्तित्व मेतिने गरी भत्क्या पाटीले चिनाउन थालि सकेको थियो । त्यसपछि स्थानीय समुदायको सक्रियतामा सो स्थानलाई ऐतिहासिक नाम नै काम गर्ने गरी सो पाटीको पुनःनिर्माण कार्यको थालनी भएको छ । भत्क्या पाटी होइन, लांचा फल्चा भनौ भन्दै स्थानीय सम्पदाप्रेमीको अर्थक प्रयास पछि सोमबार भक्तपुर नगरपालिका वडा नम्वर १०का वडाध्यक्ष लक्ष्मिप्रसाद ह्यौंमिखाले शिलान्यास गरी लांचा फल्चाले पुनःजीवन पाउने पक्का गरेको छ। मुलढोका, कमलविनायक हुँदै नगरकोट र सुडाल जाने दोबाटोमा अवस्थित लांचा फल्चा बिगत ३० औं वर्ष अगाडी देखि छानोमा प्वाल परेपछि मर्मत सम्भार समेत नभएकाले सो पाटीलाई नेपाल भाषामा ह्वगां पलि भनेर स्थानीयले नै चिनाउँदै आउनेक्रममा पाटी नै भत्किएपछि नेपाली भाषामा भत्क्या पाटीले चिन थालेको थियो । यसरी ऐतिहासिक नाम हराउन थालेपछि सो पाटीलाई पुनःस्थापना गर्न र पुरानै नाम कायम गर्नुपर्नेमा जोड दिन्दै आएको थियो ।


लांचा फल्चा नामको बोड झुण्ड्याए पनि पाटी नबनेकाले अधिकांस समुदायले सो स्थानलाई भत्क्या पाटीकै रुपमा चलन चल्तिमा राख्न थालेपछि भने अव परम्परागत शैलिमै पाटी पुनःनिर्माण गरेर लांचा फल्चा नै कायम गर्ने भएको हो । सो पाटीको शिल्यान्यास गर्दै वडाध्यक्ष ह्यौंमिखाले कोरोना संक्रमण बढेर निषेधाज्ञा लागु गरेकाले पनि विकास निर्माण कार्यमा ढिलाई भइरहेको बताउँदै सम्पदा संरक्षण गर्ने क्रममा भक्तपुर नगरपालिकाले लांचा फल्चा पनि बनाउने योजना बनाएको सुनाउनु भयो । कोरोना संक्रमण बढेपछि अक्सिजनको अभावमा कोही पनि मर्न नपर्ने गरी घर घरसम्म पनि अक्सिजन दिन सकिने गरी ख्वप अस्पतालमा अक्सिजन प्लान्ट बनि रहेको उल्लेख गर्दै वडाध्यक्ष ह्यौमिखाले भक्तपुर नगरपालिकाले स्वास्थ्य, सरसफाई , शिक्षा र कला संस्कृति संरक्षणमा जोड दिन्दै आएको ताउनु भयो ।
परम्परागत र ऐतिहासिक लांचा पाटी वरपर घर सम्रचना विद्युतको पोल र बाटो समेत फराकिलो बनि सकेकाले लांचा फल्चाको यथार्थ स्वरुपमै बनाउन सकिने अवस्था नभएपछि भक्तपुर नगरपालिकाको सम्पदा शाखाले ८.४ चौडाई र १४.८ लम्वाईमा मात्रै बनाउने भएको वडाका प्राविधिक सुशान्त सुवालले बताए । सो पाटी पुनःनिर्माका लागि २२ लाख अनुमानित इष्टिमेट गरेको उल्लेख गर्दै पाटी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरुले अहिलेलाई पाटी मात्रै पुनःनिर्माण गर्ने भए पनि पाटी वरपर बटुवाहरु बस्न मिल्ने गरी बगैचा र विश्राम स्थल समेत बनाउने तयारी रहेको बताउनु भयो । पाटीसँगै धारा वा कुवा समेत रहने भएकाले सो क्षेत्रको थप अध्ययन गरी क्रमिकरुपमा लांचा फल्चा क्षेत्रको संरक्षण गरिने पनि अध्यक्ष दुमरुले बताए । स्थानीय महाबीर अमात्यको सचिवत्वमा ७ जनाको उपभोक्ता समिति र वडासदस्य जीतेन्द्र मुनकर्मीको संयोजकत्वमा ५ सदस्य अनुगमण समिति पनि गठन गरी पुनर्निर्माण कार्य सुरु भएको छ ।