भक्तपुरमा ७० जना कोरना संक्रमित, ५२ जना भए निको

भक्तपुरमा  ७० जना कोरना संक्रमित, ५२ जना भए निको

भक्तपुर, श्रावण २२ गते
भक्तपुर जिल्लामा विहिबारसम्म ७० जना कोरना संक्रमित भएका छन । काठमाण्डौ उपत्यकाका ८७ सहित देशभरका ३६० जना मा संक्रमण पुष्टि भएका मध्ये भक्तपुरका एक जनामा पनि कोरना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । भक्तपुरका अधिकांस कोरना संक्रमित स्थानीय भन्दा बाहीरी जिल्लाबाट आएकाहरुमा रहेकोे जानकारी दिँदै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले संक्रमितहरु मध्ये ५२ जना निको भई घर फर्कि सकेको जनाएको छ भने बिहिबार साँझ सम्ममा थप २ जना कोरना संक्रमण मुक्त भई घर फर्काउने तयारी भइरहेको जनाएकको छ । संक्रमित मध्ये कटुञ्जेका १ जना आफ्नै घरको आशोलेशनमा रहेको जनाउँदै कार्यालय प्रमखु कृष्ण मिजारले कोरना संक्रमित भक्तपुरका सबै जना सामान्य सक्रिमित मात्रै भएकाले धमाधम निको भई घर फकिरहेको बताउनु भयो ।

हाल भक्तपुरको दुवाकोट २, ब्यासी औद्योगिक क्षेत्र, मध्यपुर थिमीको चार दोबाटो र आदर्श आजाद सिपाडोलमा देखिएका संक्रमितहरुको घरलाई भने सिल गरिराखेको समेत जनाएको छ । सिपाडोलका संक्रमितको कोरना मुक्त भएको जनाउँदै कार्यालय प्रमुख मिजारले घरमै आशोलेशनमा रहेका विरामीको लागि सिल गर्न नपर्ने तर परिवारका सदस्यहरु समेत बाहिर नआउने सर्तमा कोरना संक्रमितलाई आफ्नो घरमै आशोलेशनमा राख्न थालेको बताएको छ । संक्रमितमा लक्षण देखिएको भए थप उपचारको लागि लाने व्यवस्था गरिने एवं तिनीहरुको खाने बस्ने र उपचारको व्यवस्था समेत सरकार आफैले गरीदिने बताउनु भयो ।
सबै संक्रमित अस्पताल जानुपर्दैन, घरको आशोलेशनमा बसेका संक्रमितहरुलाई आवश्यक सामग्री किन, डाक्टरी परामर्श लिन आवश्यक भए सोको समेत व्यवस्था रहेको उहाँले जनाउनु भयो । तर दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या बढ्न थालेपछि भने थप उपचारको व्यवस्थाका लागि अस्पतालमा आशोलेशन कक्षको अभाव हुने देखिएको पनि उहाँले जनाउनु भयो । कोरना भाइरसको जोखिमका कारण अतिआवश्यक काममा बाहेक घर बाहिर नआउन आग्रह गर्दै उहाँले बाहीर आउनै पर्ने भए मास्क अनिर्वाय प्रयोग गर्न तथा परिचित, अपरिचत जो सुकै भए पनि भौतिक दुरी कायम गर्न आग्रह गर्नु भयो । सावुन पानी र स्यानिटेजरको प्रयोग गर्न आग्रह गर्दै उहाँले आँखा, नाक, मुखको सुरक्षालाई ध्यान दिन आग्रह गर्नु भयो । औलाले नाक कोत्याउने, आँखा चलाउने गर्न नहुने भन्दै नाकबाट बढी संक्रमणको दर भएकाले सुरक्षित व्यवहारका लागि आग्रह गर्नु भयो ।