भक्तपुरमा दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव हुदै
भक्तपुर । भक्तपुरमा दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव आयोजना २०७७ हुने भएको छ । ममता केन्द्र नेपालको आयोजनामा नौ दिने लामो महोत्सव आयोजना हुन लागेको आज भक्तपुरको रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो ।
फागुपूर्णेलाई मध्यनजर गर्दै चैत्र १३ गतेदेखि २१ गतेसम्म हुन गइरहेको मेलामा दैनिक उपभोगिय सामानहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरेको केन्द्रका अध्यक्ष एवं महोत्सवका संयोजक संगम लामाले जानकारी दिए ।
मेलामा १०० वटा विभिन्न स्टलहरू रहनेछन् र साथै स्थानिय व्यापारीहरूको लागि १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । स्टलहरूमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरू, खेलकुदका सामाग्री, दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराइने छ । साथै मनोरन्जन का विभिन्न खेलहरू पनि समावेश हुने छन् । यस्तै स्थानिय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूबाट बेजोड प्रस्तुति पनि हुने संयोजक लामाले जानकारी दिए ।
महोत्सवको व्यवस्थापन चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रा।लि। ले गरेको उनले जानकारी दिए । भक्तपुर नगरपालिका–७ महेश्वरी खेल मैदानमा आयोजना गरिने मेलामा कराते प्रतियोगिता, भक्तपुर डान्स आइडल–२०७७ प्रतियेगिता तथा विभिन्न खेल बिधाहरु समाबेस गरिएको लामाले जानकारी दिए ।
काठमाडौं उपत्यका लगायत काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट करिब २ लाख मानिसले महोत्सबको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गर्ने उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार दुर्गेश थापा, शिब परियार, प्रीति आले, कमल खत्री, अर्जुन कौशल, बिशाल थिङ, सन्ध्या बुढा (काउली बुढी), रमेश भट्टराई, ज्योती मगर, रोज मोक्तान, कुमार सागर, मनिषा श्रेष्ठ, सुजल मधिकर्मी लगायतका कलाकारहरुको प्रस्तुत रहने छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













