पुनर्निर्माणका अनुभवहरु बाडेर दातृ निकायहरुकोे आर्थिक सहयोगको ऋण तिर्ने प्राधिकरणको तयारी

पुनर्निर्माणका अनुभवहरु बाडेर दातृ निकायहरुकोे आर्थिक सहयोगको ऋण तिर्ने प्राधिकरणको तयारी
काठमाण्डौं, फाल्गुण १४ गते
भूकम्पपछिको पुनर्निर्माणका अनुभवहरुलाई संसारभर बाडेर दातृ निकायहरुले पुनर्निर्माणमा गरेको सहयोगको ऋण तिर्ने योजना बनाएको  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत सुशिल ज्ञवालीले जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार, प्रगति, कामको प्रभाव तथा चुनौती विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार काठमाण्डौमा आयोजना गरेको छलफलमा सिइओ ज्ञवालीले विदेशीले गरेको आर्थिक सहयोगलाई आर्थिकरुपमै फकाउर्न नसकिने भएकाले तिनै सहयोगले सफल भएको ९१ प्रतिशत पुनर्निर्माण र पुनर्निर्माणका अनुभवहरुलाई अभिमुखिकरण गरी संसारभरलाई बाड्ने योजना रहेको बताएका हुन । नेपालमा बाहेक विश्वभर कहि पनि ९१ प्रतिशतसम्म पुनर्निर्माण भएको नपाएको उल्लेख गर्दै पाकिस्थानमा पनि सन् २००५ गएको भूकम्प पछिको विद्यालय पुनर्निर्माण कार्य अझै २२प्रतिशत बाँकी रहेको तथ्यले नेपालमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा संसारमै उदाहरणीय कार्य गरेको बताएका हुन ।


बाँकी ९ प्रतिशत लाभग्राहीका पुननिर्माण कार्य अव स्थानीय तहहरुको सहयोग र समन्वय मार्फत सम्भव हुने बताउँदै सिइओ ज्ञवालीले प्राधिरकणको आफ्नै समयसिमा सकिन लागेकोले बाध्य भएर माघ महिना पछि लाभग्राहीको सूची हताउन थालेको जिकिर गरेका छन् । बाँकी पुनर्निर्माणका लाभग्राही बढी काठमाण्डौ उपत्यकाका रहेकाले यहाँको समस्या सहजिकरणको पुनः प्रयास हुने बताउँदै गुनासो सुनुवाई प्रकृयाबाट बास्तविक भूकम्प पीडितहरुको पहिचान गर्ने न्यायिक सयन्त्र पनि विश्वका लागि नयाँ अनुभव भएको उहाँले बताए । प्राधिकरण कानुनी रुपमा, वित्तियरुपमा र जनशक्ति परिचालनमा स्वायत भए पनि पुर्णरुपमा परिचालन हुन नसकेको औल्याउँदै लाभग्राहीको हात हातमा पारदर्सिरुपमा अनुदानको रकम बितरण गर्न सफल भएको बताए । भूकम्प पीडितलाई १० । १० लाख दिन पनि हुन्थ्यो यस्तै माग पनि भइरहेको हो तर सरकारले यसको आर्थिक भार बहन गर्न सक्नुपर्छ सिइओ ज्ञवालीले भन्ने । तीन लाखको किस्ता पनि तीन चरणमा बितरण गर्न तीन दिन संसद अबरुद्ध भएको स्मरण गर्दै उहाँले अझै पनि केही भूकम्प पीडितहरु लाभग्राहीको सूचीमा नपरेको हुन सक्ने भए पनि ब्यक्तिगत र पारिवारिक समस्यामा परेका बाहेक हरेक लाभग्राहीले स्थानीय तहसँग समन्वयमा पुननिर्माण गर्न सकिने गरी बाँकी अवधिमा नितिगत रुपले पनि सुधार गर्दै पुननिर्माण कार्यलाई थप प्रभावकारी बनाउने जनाए । पुनर्निर्माण राष्ट्रिय अभियानले जनताको बीचमा प्रविधिको पहुँच पुगेको दाबी गर्दै उहाँले नयाँ घर बनाएर पुरानो घरमै बसेर थप जोखिम निम्त्याएकाले पुनर्निर्माण गरि सकेका लाभग्राहीले अनिवार्यरुपले पुरानो घर भत्काउनुपर्ने प्रावधान सहित प्रवलिकरणका लाभग्राहीलाई पुर्ण लाभग्राहीमा रुपान्तरण गरी बाँकी पुनर्निर्माण कार्य प्रभावकारी बनाउने योजना पनि सुनाएका छन् ।


प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले अहिलेसम्मको पुनर्निर्माणका महत्वपूर्ण गतिविधि, प्रगति, समस्या र नयाँ योजनाहरु बारे प्रस्तुतीकरण र गुनासाहरुको सुनुवाई गर्दै प्राधिकरणको सिईओ पटक पटक हेरफेर हुँनाले पनि पुनर्निर्माण कार्य प्रभावित हुन पुगेको बताए । यद्यपी ९१ प्रतिशत पुननिर्माणले सफलता पाएपनि एकीकृत वस्ती विस्तार गर्ने योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको गुनासो गर्नु भयो । भूकम्प प्रभावित ३२ जिल्लाका २८२ स्थानीय तहहरुलाई सक्रिय बनाई पुनर्निर्माण प्रभावकारी बनाउने योजना बनाए पनि प्राधिकरणका सही सूचनाहरु अझैसम्म पनि लाभग्राहीको बीचमा पुग्न नसकेको उल्लेख गर्दै धेरै अन्यौलताका बीचको ५ वर्ष पछि पनि बुढानिलकाष्ठको एउटा गाउँ नै पुनर्निर्माणको अनुदानबाट छुटेको पाइएको उल्लेख गर्नु भयो ।
ट्रान्सपरेन्सी इन्टर नेश्नल नेपालका अध्यक्ष पद्मीनी प्रधानांगले पुनर्निर्माण अभियानमा टिआई नेपालले ८० प्रतिशत समुदायसँग मिलेर काम गर्ने अवसर पाएको जनाउँदै ५९ महिनाको यो अभियान आगामी चैत्रबाट सकिने भएको बताए । भूकम्प प्रभावित समुदायको घरदैलो पुगेर समस्या गुनासाको सहजिकरण गर्ने महत्वपूर्ण अवसर मिलेको उल्लेख गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम बढी प्रभावकारी रहेको स्मरण गर्नु भयो । उहाँले अपबादका घटनाहरु बाहेक पुनर्निर्माण कार्य पारदर्सि, सदाचार रहेकोमा प्रशंसा गर्नु भयो । सो कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष एवं वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठले सहभागि समुदायको पुनर्निर्माणका साझा समस्या र गुनासोहरुको सुनुवाईका लागि सहजिकरण गराउनु भएको थियो । पहिले जस्तो अहिले पुनर्निर्माणका गुनासो र समस्याहरु ब्यक्त हुन नसके पनि काठमाण्डौ उपत्यकाका भूकम्प पीडितहरुको साझा समस्याहरुलाई सरकारले विशेष ध्यान दिन आग्रह गरीएको सो छलफलमा जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख शिवसुन्दर राजबैद्यले पुनर्निर्माण जस्तो सहयोगात्मक अभियानमा पनि विभिन्न निकायहरु बीचको समन्वयको अभावले उपत्यकाको पुनर्निर्माण कार्य प्रभावित रहेको उल्लेख गर्दै उपत्यकाका सरोकारवालाहरु बीच पुनः छलफल गरी पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो ।
टिआई नेपालका महासचिव मुकुण्ड प्रधानले स्वागत मन्तव्य र कोषध्यक्ष किरण थापाले धन्यवाद ज्ञापन गरी आयोजना भएको सो छलफलमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापना कार्य अपबाद बाहेक पारदर्सि, सदाचारयुक्त र उहदाहरणीय भएकोे औल्याएका थिए भने सहभागि समुदायले प्राधिकरणका निर्णय र सेवा सुविधाहरु वडासम्म पुग्न अझै पनि धिला भइरहेको औल्याउँदै पुरानो र सम्पदाबस्तीमा जोडिएका घरहरुमा पारेको प्रभाव, जमिनको विभिन्न समस्या, सहुलित दरको ऋण, एकीकृति वस्ती विकास, स्थानीय तहसँग पुनर्निर्माण सम्झौता भए अनुसार लाभग्राहीको नाम नहताई बाँकी पुनर्निर्माण स्थानीय तहलाई जिम्मेबारी दिनुपर्ने लगायत विभिन्न जिज्ञासाहरु राखेका थिए ।