नागरिकको सही सूचनाले समुदायमा शान्ति सुरक्षा प्रत्याभूत हुने एस.पी. थापा 

नागरिकको सही सूचनाले समुदायमा शान्ति सुरक्षा प्रत्याभूत हुने एस.पी. थापा

भक्तपुर, असार १९ गते
भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुरका नवनियुक्त प्रहरी उपरीक्षक तारादेवी थापा, थिमी बिटका प्रहरी नायव उपरिक्षक ऋणीराम कडेंललाई स्वागत गर्दै संघमा विगत ३०सम्म काम गरेका संजय जोन्छेलाई शुक्रवार विदाई गरेको छ । संघको सभाहलमा आयोजित सो सभामा भक्तपुरको आर्थिक सामाजिक, पर्यटन विकासको लागि शान्ति सुरक्षाको प्रत्याभूति हुन आवश्यक भएको कुरालाई आत्म साथ गर्दै आज नवनियुक्त प्रहरी नेतृत्वलाई स्वागत गरेको उल्लेख गर्दै सघका अध्यक्ष प्रदिप श्रेष्ठले कोरना भाइरसको विषम परिस्थितीमा भक्तपुरका उद्योगहरु नाफा र रहरले भन्दा कर र सेवा भावले सञ्चालन भइरहेको बताउनु भयो ।
भक्तपुर जिल्ला देशको छुटै पहिचान बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले कोरनाको कहरले उद्यमी व्यवसायीहरु मानसिकरुपमा समेत बिछिप्त रहेको बेला उद्योग व्यवसाय प्रवर्धनका लागि शान्ति सुरक्षाको प्रत्याभूत हुन आवश्यक भएको जनाउनु भयो । संघको विकास र गतिविधिमा विदाइ भएका जोन्छेले उल्लेखनीय योगदान गरेको स्मरण गर्नु भयो ।


बिगत २० वर्ष देखि नेपाल प्रहरीमा कार्यरत प्रहरी उपरिक्षक तारादेवी थापा राष्ट्यि प्रहरी प्रतिष्ठानबाट महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएर आएकी छिन । भक्तपुर आएको छोटो समयमै धेरैले आत्मियताका साथ स्वागत गरेको देखेर शान्ति सुरक्षा थप मजबुट बनाउन आफूलाई प्रोत्साहित गरिरहेको बताउँदै नवनियुक्त प्रहरी उपरीक्षक तारादेबी थापाले नागरिकको सही सूचनाले समूदायको शान्ति सुरक्षा प्रत्याभूत गर्न सकिने विचार व्यक्त गर्नु भयो । कोभिड १९को जोखिम व्यवस्थपनको प्रहरीले पनि जिम्मेबारी लिइरहेकाले समुदायस्तरमा प्रहरी पुग्न नसकेको बेला समुदायबाट आफ्नो अधिकार प्रत्यभूतिका लागि प्रहरीलाई सही सूचना प्रवाह गर्न आग्रह गर्नु भयो ।


नागरिक समुदायले गैर कानुनी गतिविधिको जानकारी दिएर मानव अधिकार रक्षा र शान्ति सुरक्षाका लागि भूमिका खेल्न आग्रह गर्दै प्रहरीबाटै पनि गलत कार्य वा कमिकमजोरी भएमा पनि सूचीत गरी प्रहरी सुधिकरणमा सहयोग गर्न पनि उहाँले आग्रह गर्नु भयो ।
असल कर्मका लागि प्रहरी सार्थी, सेवा लिन पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै सो अवसरमा शान्ति सुरक्षा विना समाज विकास, सहकार्य, सहअस्तित्व, साझेदारी हुन नसक्ने थिमी प्रहरी बिटका प्रहरी नायब उपरिक्षक ऋषीराम कडेलले बताउनु भयो । उहाँले प्रहरी उद्योग विकासमा एक ईटा भएर उद्योग वाणिज्य संघलाई सघाउने प्रतिबधता ब्यक्त गर्नुु भयो । विकासका लागि शान्ति सुरक्षा अपरिहार्य रहेको बताउँदै उहाँले प्रहरी साझेदारीबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने उल्लेख गर्नु भयो ।
३० वर्ष सम्म भक्तपुर उद्योग वाणीज्य संघमा रहेर आफ्नो परिचय बनाउँदै भक्तपुरको उद्योग प्रवर्धनमा देशभर भक्तपुरको पहिचान दिन आफूले भुमिका खेलेको स्मरण गर्दै संघबाट विदाइ भएका सन्जय जोन्छेले संघको विकाससँगै आफ्नो रोजगारी सृजना भएको स्मरण गर्नु भयो । विदाई हुने बेला एक करोडसम्म उपदान पाउने देखिए पनि आफूले काम गरे अनुसार पर्याप्त पारिश्रमिक नपाएको गुनासो गर्दै सुरु सुरुमा सेवा भावले काम गर्दै ३० वर्षसम्म संघमा काम गर्ने अवसर मिलेको बताउनु भयो ।
संघका अध्यक्ष श्रेष्ठले नवनियुक्त प्रहरी उपरिक्षक थापा र प्रहरी नायव उपरिक्षक कडेललाई स्वागत गर्दै आफ्ना ३० वर्ष कार्यकाल पूरा गरेका जोन्छेलाई कदर पत्र सहित विदाई गर्नु भयो ।