बासु माबिमा शैक्षिक प्रदर्शनी सुरु, शुक्रबार बार्षिकोत्सव आयोजना हुने

 

भक्तपुर, १५ फागुन । बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११
औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी बिहीबार सुरु भएको
छ । फागुन १६ गते पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसाथ प्रदर्शनी पनि
समापन हुने विद्यालयले जनाएको छ ।
शैक्षिक प्रदर्शनीमा विज्ञानका विभिन्न प्रयोगहरूको साथै विद्यार्थीका
सिर्जनाहरू राखिएका थिए । आधारभूत तहदेखि कक्षा १२ र डिप्लोमा तहमा अध्ययनरत
विद्यार्थीले पाठ्यक्रममा सम्बन्धित विभिन्न मोडेलहरू प्रस्तुत गरका हुन् ।
बिहीबार आयोजित एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
सरोजराज गोसाईले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा
बोल्दै अध्यक्ष गोसाईले विद्यालयले विद्यार्थीलाई सिर्जनशील हुन उत्साहित
गरेको बताउनुभयो । उहा“ले हाम्रो निम्ति साना लाग्ने विद्यार्थीका सिर्जना
उनी आफैको निम्ति ठूलो हुने भन्दै सिर्जनाका फूल फुल्न दिनुपर्ने धारणा
राख्नुभयो ।


कार्यक्रममा विद्यालयका प्राचार्य अम्विका न्याइच्याइले विद्यार्थीको उत्साह
देखेर खुशी लागेको भन्दै वार्षिकोत्सवले अध्ययनको निम्ति ऊर्जा मिल्ने
बताउनुभयो ।
विद्यालयका उपप्राचार्य रवीलाल प्रधानले विद्यार्थीलाई उचित वातावरण
दिनसके आफै अध्ययन तथा खोजीमा लाग्दा रहेछन् भन्ने शैक्षिक प्रदर्शनीले
देखाएको बताउनुभयो ।
मावि इन्चार्ज सुनिता घटुवाले प्रदर्शनी सानो भए पनि यसले पार्ने प्रभाव
कम नहुने बिचार राख्नुभयो ।
प्रदर्शनीमा विद्यार्थीले हा“स र माछा पालनको मोडल बनाई हा“सको फोहर
माछालाई खुवाउन सकिने अवधारणासमेत प्रस्तुत गरेका थिए । त्यस्तै नेपालको
सन्दर्भमा पहाडी क्षेत्रमा गरिने ग¥हाग¥हाको खेती, माटो बिनाको खेती, कौसी
खेतीलगायतका मोडेल पनि प्रस्तुत गरेका थिए । विद्यार्थीले कम्प्युटरसम्बन्धी
विभिन्न मोडेलहरूका साथै पानीको चापबाट डोजरचलाउने विधिसमेत प्रस्तुत
गरेका थिए ।