मुलुकभर २२ औं भूकम्प सुरक्षा दिवस मनाउने , भक्तपुरमा मूल समारोहको भव्य तयारी हुँदै

भक्तपुर, पुस २८ गते

मुलुकभर २२ औं भूकम्प सुरक्षा दिवस मनाउने तयारी भव्यरुपमा भइरहेको २२ औं भूकम्पीय सुरक्षा दिवस प्रचार प्रसार उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । भक्तपुर नगरको दरवार क्षेत्रमा माघ २ गते आयोजना हुने मुल समारोह सहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी यसपालिको भुकम्पीय सुरक्षा दिवस मनाउने तयारी भइरहेको हो । देशभरका संघ, प्रदेश र स्थानीय तहहरुमा राष्ट्यि भूकम्प सुरक्षा दिवसको अवसरमा सचेतनामूलक र्याली, गोष्ठि, सभासम्मेलन, शैक्षिक प्रदर्शनी, सडक नाटक प्रस्तुती लगायतका गतिविधीहरु आयोजना गरी भव्यरुपमा भूकम्पीय सुरक्षा दिवस मनाउने तयारी भई रहेको हो । भक्तपुरको दरवार क्षेत्रमा हुने मुल समारोहलाई सफल पार्न भक्तपुरको कमलविनायक लामगाल र दुधपाटीबाट सचेतनामूलक र्याली आयोजना गरी दरवार क्षेत्रमा भव्य उद्घाटन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । गृह मन्त्रालयको आयोजनामा र भक्तपुर नगरपालिकाका प्रमुखको व्यवास्थापन उपसमितिको संयोजनमा यस पालिको २२ औं भूकम्प सुरक्षा दिवस मनाउने तयारी भइरहेको हो । भूकम्प प्रविधि राष्ट्यि समाज नेपाल एनसेटले मुल समारोहको सञ्चालन व्यवस्थापनका साथ केही प्रर्दशनीको तयारीमा रहेको छ भने भक्तपुर रेडक्रस सोसाइटी, नेपाल स्काउट, ख्वप कलेज, ख्वप इन्जिनियरिग कलेज तथा कलेज अफ इन्जिनियरिग कलेज सहित शैक्षिक तथा सामाजिक संघ संस्थाहरुले कार्यविभाजन गरी गत हप्ता नै आआफ्नो जिम्मेवारी अनुसारको तयारीमा जुतिसकेका छन् ।

राजधानीका पत्रकारहरुको जानकारीकोलागि प्रचारप्रसार उपसमितिले सोमबार काठमाण्डौमा आयोजना गरिएको सो पत्रकार सम्मेलनमा भूकम्प सुरक्षा दिवस भव्य रुपमा मनाउन भई रहेको तयारीका साथ भूकम्प अघि बनेका र भूकम्पपछि रातो स्टिकर तासेका असुरक्षित घर तथा अपारमेन्टहरुमा समेत मानिसहरु बस्नथालेको प्रति चिन्ता व्यक्त गरे । भूकम्पपछि बनेका दसौ हजार घरहरु पनि मापदण्ड विपरित रहेको र यस्ता घरहरुमा बस्ने समुदायको सुरक्षा कस्तो होला ? भन्ने जिज्ञासाहरु पनि व्यक्त भए । साथै गुणस्तरहिन निर्माण सामग्रीको प्रयोगको प्रभावका बारेमा समेत सरोकारबाला निकायको ध्यानाकर्षण गराउँदै स्थानीय तहलाई पुनर्निर्माणको जिम्मेवारीको प्रभावकारीता र भवन संहिताको परिमार्जन तथा कार्यान्वयनको अवस्था, मौलिक शैलीको घर सम्रचना निर्माण र जिर्णोद्धारमा सुधार तथा भूकम्प पीडितहरुले बनाएका घरहरुमा तल्ला थप गर्न थालेको प्रति पनि ध्यानकर्षण गराए । राष्ट्यि पुनर्निर्माण प्राधिकरणको ५ वर्षको समयसिमा सकेपछिको पुनर्निर्माणको स्थायी जिम्मेवारी कस्ले लिने ?अर्को गहन प्रश्नहरुको बीचमा यसपालिको २२ औं राष्ट्यि भूकम्प सुरक्षा दिवस भक्तपुर नगरको दरवार क्षेत्रमा मुल समारोह सहित भव्यरुपले मनाउने तयारी भइरहेको सो अवसरमा आयोजकहरुले जानकारी दिए ।

कार्यक्रममा राष्ट्यि पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले पत्रकारहरुको जिज्ञासाहरुमाथि प्रकास पार्दै सुरक्षित घरमा बस्ने र बलियो घर मात्र बनाउने दायित्व नागरिक स्वयंले ध्यान दिनुपर्ने भन्दै प्राधिकरणले अनुदान दिएर बनेका घर सम्रचना भूकम्पीय दृष्टिकोणले सुरक्षित रहेको बताए । उहाँले भूकम्पपछिका पुनर्निर्माणका सिकाईहरुलाई स्थायीत्व दिन अध्ययन र सिकाई हस्तान्तरण गर्ने तयारी समेत भई रहेको जनाए ।
कार्यक्रममा २२ औं भूकम्पीय सुरक्षा दिवसको अन्तिम तयारी बारे जानकारी दिन्दै २२ औं भूकम्पीय सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकक मणिराम गेलालले निर्माण सामग्रीहरुको विभिन्न निकायले परिक्षण पछि मात्रै बजारमा आउने गरेको बताउँदै निर्माण सामग्री भन्दा घर सम्रचना बनाउँदा पास भएको नक्सा अनुसार मात्र घर बन्न दिनुपर्नेमा जोड दिइरहेको बताउनु भयो । मौलिक शैलीको भवन सहिता कार्यान्वयनका लागि भवन ऐन २०५५को संशोधनको प्रकृयामा रहेको, र भवन सहिताको १०५ संशोधन भई विद्येयक सदनमा प्रस्तुत समेत भइसकेको उहाँले बताउनु भयो ।
भक्तपुरमा हुने २२ औं भूकम्प सुरक्षा दिवसको मूल समारोह भब्य रुपले मनाउने तयारी भई रहेको भन्दै यो दिवसको अवसरमा देशका संघ, प्रदेश र स्थानीय तहरुमा आयोजना हुने भूकम्पीय सुरक्षाका गतिविधीहरु बारे जानकारी दिनु भयो ।
विक्रम सम्वत १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा यसपालिका भक्तपुर नगरको दरवारक्षेत्रमा भव्य सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने तयारी भइरहेको जानकारी दिएका हुन । विगत दशक भन्दा अघि देखि शहरी विकास तथा भवन निर्माण विभागबाट भवन संहिता कार्यान्वयन गरी सुरक्षित भवन निर्माण गर्ने संस्थागत उदेश्य प्राप्तिको लागि दस्तावेश तर्जुमा तथा परिमार्जन, जनचेतना तथा शिक्षा, नयाँ प्रविधि तथा नयाँ निर्माण सामग्रीको विकास र विस्तार, भवन निर्माण सम्बन्धि अध्ययन तथा अनुसन्धान, सरोकारवालाहरुको क्षमता अभिवृद्धि र अभिमुखीकरण, सरकारी भवन डिजाइन, सुरपरिभिजन तथा निर्माण, भवनको नक्शा डिजाइन चेकजाँच कार्य, भूकम्प क्षति मुल्यांकन, भवन संहिताको कार्यान्वयनको अनुगमन, मुल्यांकन र नियमित सुधार, संस्थागत संरचना निर्माण सुधार र सहकार्य तथा समन्वय आदि कार्यमा क्रियाशिल रहेको बताउनु भयो ।
नवगठिन विपद् जोखिम व्यवस्थापन प्राधिकरणका वंशी अर्यालले राष्ट्यि पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माणका जिम्मेवारी सहित विपदीय जोखिम सम्वन्धि सबै जिम्मेबारी बहन गर्न नवगठित प्राधिकरणले तयारी थालेको बताउनु भयो भने भूकम्प प्रविधि राष्ट्यि समाज नेपाल एनसेटका कार्यकारी अधिकृत सूर्यनारायण श्रेष्ठले २२ ओं राष्ट्यि भूकम्प सुरक्षा दिवस देशभर व्यापक रुपले मनाउने तयारी भइरहेको उल्लेख गर्नु हुँदै भवन निमार्ण संहिता कार्यान्वयनमा उपलब्धी हासिल भइरहेको र यो लामो तथा निरन्तरको प्रकृया भएको बताउनु भयो ।