नेपालगञ्ज, २३ कार्तिक । नेपाली भूमि लिम्मियाधुरा भारतले आफ्नो सीमाभित्र राखी नक्शा बनाएको विरोधमाा नेपाल मजदुर किसान पार्टीले शुक्रबार नेपालगञ्जमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रै हो लगायतका विभिन्न नारा लगाई धम्वोजीचोकबाट पुष्पलाल चोकसम्म जुलुस प्रदर्शन गरिएको थियो ।
पुष्पलाल चोकमा आयोजित कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको अस्तित्वमाथि धावा बोल्ने जस्तोसुकै शक्तिविरुद्ध लड्न नेपाली जनता तयार भएको विचार राख्नुभयो । उहा“ले विभिन्न तथ्य तथा प्रमाणहरू हु“दाहु“दै पनि कालापानीबाट भारतीय सेना हटाउन नेपाली कांग्रेस, एमाले, नेकपालगायत कुनै पनि नेतृत्वको सरकारले ठोस कदम चाल्न नसकेको उल्लेख गर्दै देशभक्त जनता एकजूट हुनुपर्ने धारणा राख्नुभयो । उहा“ले भारतले नवलपरासीको सुस्तामाथि अतिक्रमण गर्दा नेमकिपाले सशक्त विरोध गरेको र पञ्चायती शासकहरूको दमनको प्रतिवाद गरेको इतिहास स्मरण गर्दै नेपाली भूमि फिर्ता गर्न अब संघर्षभन्दा अन्य विकल्प नभएको बताउनुभयो ।

कोणसभामा बोल्दै नेमकिपा, बा“केका अध्यक्ष बखतबहादुर थापाले शासक पार्टीहरूकै अकर्मण्यताको कारण नेपाली भूमि अतिक्रम भइरहेको बताउनुभयो । उहा“ले शासकहरूले जनतालाई सदा ठग्न नसक्ने भन्दै जनताको विजय सुनिश्चि छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य सर्जु फसिकवले सम्मूर्ण देशभक्त जनता एकजूट हुनुपर्ने विचार राख्नुभयो ।















