कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहकारी संस्थाहरूको भूमिकाबारे छलफल
२०७७ भदौ २ गते, शुक्रबार
भक्तपुर नगरपालिकाको आयोजनामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे छलफल शुक्रबार भर्चुअल कार्यक्रममार्फत सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा दिन प्रतिदिन संक्रमितहरूको संख्या बढ्दै गएको हुँदा जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सरकारी मापदण्डअनुसार ५० बेडको आइसोलेसन तयारीको अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो । केन्द्र र प्रदेशको आदेश र निर्देशनले मात्र कोरोनाको रोकथाम सम्भव नहुने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले कोभिड १९ लाई ध्यानमा राखेर परिस्थिति सहज नभएसम्मको लागि सहकारी संस्थाहरूको साधारणसभा स्थगित गर्न सूचना जारी गरिसकेको अवगत गराउँदै प्रमुख प्रजापतिले कोरोनाको विषम परिस्थितिमा साधारणसभामा हतार नगर्न आग्रह गर्नुभयो ।
उहाँले भक्तपुरमा कार्यरत १५४ वटा सहकारी संस्थाहरूले नपाको आग्रहलाई स्वीकार गर्दै सहकारी संस्थाहरूको तर्फबाट रु। ९ लाख १३ हजार रकम सहयोगस्वरुप प्राप्त भएको र विषम् समयमा सहकारी संस्थाहरूले निरन्तर साथ र सहयोग गर्दै आएकोमा आभार प्रकट गर्नुभयो ।
सहकारी संस्थाका सदस्यहरूको जीवनको सुरक्षा गर्नु प्रत्येक सहकारीको कर्तव्य भएको बताउनुहुँदै उहाँले सम्भावित जोखिमबाट बच्न सबैले एकीकृत ढंगले अगाडि बढ्नु उपयुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले आर्युवेदिक उपचार पद्धति हाम्रो मौलिक उपचार विधि भएको हुँदा त्यसलाई पनि अगाडि बढाउन प्रयत्न गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुरमा कोभिड १९ को संक्रमित बढ्दै जाँदा नगरपालिकाले आइसोलेसनको आवश्यकता महसुस गरी छुटै आइसोलेसन व्यवस्थापनको तयारी गरिरहेको बताउनुहुँदै सहकारीसंस्थाहरूले संक्रमण र त्यसको जोखिमबारेमा सदस्यहरूलाई जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नु उचित हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु र संघका नगर अध्यक्ष जगनाथ प्रजापतिले विषम परिस्थितिमा हतारमा साधारणसभा नगर्न आग्रह गर्दै कोभिड १९ सामाजिक चासोको विषय भएको यसको रोकथामको निम्ति सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं। २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले पनि सहकारीको मूल्य मान्यताबारे प्रष्ट पार्दै भनपाले सहकारी संस्थाहरुको नियमित अनुगमन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो सुझावहरू प्रस्तुत गर्दैै कोरोनाविरुद्ध लड्न भक्तपुर नगरपालिकासँग सहयोग र सहकार्य गरी अगाडि बढ्न सहकारी संस्थाहरू तयार रहेको बताउनुभयो । सहकारी संस्थाको साधारणसभा परिस्थिति अनुकूल भइसकेपछि सामान्य ढंगले कम खर्चमा सञ्चालन गर्न सकिने बताउनुहुँदै सामाजिक विकास कोषको रकमलाई कोभिड नियन्त्रणको लागि खर्च गर्न सकिने बताउनुभयो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...












