आज पनि भक्तपुरका ८ जनामा कोरोना संक्रमण 

आज पनि भक्तपुरका ८ जनामा कोरोना संक्रमण 

भक्तपुर, श्रावण २८ गते
बुधबार पनि भक्तपुरका ८ जना सहित काठमाण्डौ उपत्यकामा १ सय ३८ जनामा कोरना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ भने देशभरमा ४ सय ८४ जनामा कोरना संक्रमण भएको जनाएको हो । भक्तपुरका ८ जना, काठमाण्डौका १०९ जना र ललितपुरका २१ जनामा कोरना संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएको हो । उपत्यका बाहिरका ३४६ जना संक्रमितमा बुधबार संक्रमण देखिएका छन् यो संगै देशमा कोरना संक्रमितको संख्या २४ हजार ४सय ३२ पुगेको छ भने कोरना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ भएका छन् । बुधबार एक्कै दिन ६४ जना कोरना मुक्त भएका हुन । अहिले देशमा सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना छन् । कोरना मुक्त हुनेको प्रतिशत ६८.४ रहेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ८१ गरिएको परिक्षणमा ४ सय ८४ जनामा कोरना संक्रमण देखिएको हो । ५ सय भन्दा बढी कोरना संक्रमण देखिएका जिल्लाहरु पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौ रहेका छन् भने कोरना सुन्य रहेका छ वटा जिल्लाहरु संखुवासभा, सोलुखुम्बु, मनांग, मुस्तांग, डोल्पा र हुम्ला छन् ।
स्वास्थ्य मन्त्रालयले यस हप्ता मृत्यु भएका ८ जनामा कोरना संक्रमण भएको पुष्टि गर्दै अहिलेसम्म कोरनाका कारण मुत्यु हुनेको संख्या ९१ पुगेको जनाएको छ । क्वारेन्टानमा भने देशभर १४ हजार ८ सय ४६ जना रहेका छन् ।