भक्तपुर हराभरा बनाउन १ लाख विरुवा
निःशुल्क वितरण सुरु !
भक्तपुर, असार २७ गते
जिल्ला बन कार्यालय भक्तपुरले भक्तपुर जिल्लालाई हराभरा बनाउन विभिन्न प्रजातिका विरुवा निःशुल्क वितरण थालेको छ । जिल्लामा हाल १७ प्रतिशत मात्र बन जंगल रहेको तर सरकारले ४० प्रतिशत क्षेत्रलाई हरियाली बनाउने योजना अनुसार यस वर्षलाई वृक्षारोपन वर्ष घोषणा गरेकाले पनि विक्षारोपन कार्यलाई बढावा दिन निःशुल्क विरुवा वितरण थालेको जनाएको छ । यस वर्ष एक लाख विरुवा उमारेको भए पनि लक डाउनका कारण राम्रोसँग हुकाउन नपाएको भए पनि विक्षारोपनका लागि विरुवा तयार भएको कार्यालय प्रमुख प्रेम खनालले जनाए ।

शहरी सौद्यकरण देखि सडक पेटीमा विरुवा रोप्ने एवं घर घरका कौसि कौसीसम्म पनि विक्षारोपन गर्ने गरी विभिन्न फलफुल, मसलाका विरुवाहरु समेत निःशुल्क वितरण गरिरहेको कार्यालय प्रमुख खनालले जनाए । बाढि पहिरो र डुवान क्षेत्रका लागि पनि उपयोगी बाँस जातका विरुवा देखि छिटै हुर्कने धुपि, सल्लाका विरुवाहरु पनि पर्याप्त रहेको जनाए । जिल्ला बन कार्यालयले विशेष गरी वन क्षेत्रका विरुवाहरुलाई प्राथमिकता दिएको भए पनि शहरी क्षेत्रका लागि र आयमुलक बनाउने उदेश्यले पनि फलफुलका विरुवा समेत बितरण गरिरहेको छ । खालिपर्ति जग्गाहरु तथा सार्वजनिक क्षेत्रहरुमा विक्षारोपण गरी स्वच्छ हावापानी बनाउन जनचेतनामूलक गतिविधिमा वन कार्यालय सक्रिय रहेको उल्लेख गर्दै अरनिको राजमार्ग स्थित सूर्यविनायक साँगासम्मको बाटो फराकिलो बनाउने नाममा कातिएका एक रुख वरावर २५ वटा विरुवा रोप्ने कार्य हुने उल्लेख गर्दै उहाँले विक्षारोपन मात्र मात्र नभई रोपेका विरुवाहरु हुर्काउने बढाउने विषयमा पनि नियमन गर्ने कार्य अब हुने बताउनु भयो । आकासे पानी संकलन गर्ने ट्यांकी बनाएर यसवर्ष एक लाख विरुवा उमारेको कार्यालय प्रमुख खनालले जनाए । उमारेका विरुवाहरु श्रावण महिनासम्म वितरण हुने पनि उहाँले जनाउनु भयो । स्थानीय टिम, क्लव, तथा टोल सुधार समिति एवं उपभोक्ता समितिहरुले जिम्मेवारी लिएर विक्षारोपण गर्नेहरुलाई प्राथमिकता दिएर विरुवा वितरण र परामर्शहरु दिदै आएको उहाँले जनाए ।

यस वर्ष विन्दबासिनी मन्दिरमा एउटा र जिल्ला बन कार्यालय परिसरमा एउटा ५ हजार लिटर अत्ने पानी ट्याकि निर्माण गरेको बताए । आकासे पानी संकलन गरी विरुवा हुकाउने कार्यमा बन कार्यालयको सो ट्याकीको उपयोग भइरहेको जनाए । यसै ट्याकीको पानीले यस वर्ष एक लाख विरुवा उमारेको बताएको छ ।









