कोरना भाइरसको जोखिम व्यवस्थापन बारे भक्तपुरमा छलफल, परीक्षण बढाउन माग

कोरना भाइरसको जोखिम व्यवस्थापन बारे भक्तपुरमा छलफल, परीक्षण बढाउन माग

भक्तपुर,असार २६ गते
कोरना भाइरसको जोखिम रोकथाम र उपचारमा भक्तपुर जिल्लाको अवस्थाबारे शुक्रबार भक्तपुरमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सहभागितामा भक्तपुरका स्थानीय जनप्रतिनिधीसँग शुक्रबार छलफल भएको जानकारी दिनुहुँदै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्ण मिजारले बागेश्वरी माध्यमिक विद्यालयको सहभाहलमा पनि शुक्रबार नै विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधीहरुको बीचमा कोरोनाको जोखिम, रोकथाम र उपचारका लागि भइरहेका गतिविधिहरुको जानकारी दिदै जोखिम व्यवस्थापनमा उहाँहरुको सुझाव समेत संकलन गरिएको छ । वरिष्ठ जनस्वास्थ्यविज्ञ मिजारले कोरना भाइरसको संक्रमण बढ्न नदिने र सर्न नदिने उपाय अब अबलम्बन गर्ने बताउनु भयो ।

कोभिड १९को जोखिम रोकथाम गर्नु भनेको त्यसबाट आफू बच्ने र अरुलाई सर्नबाट बचाउने हो भन्दै उहाँले अहिले हावाको माध्यमबाट पनि कोरना सर्ने कुरा आएपछि मास्क लगाउने, सामाजिक दुरी कायम गर्नुपर्ने, स्यानिटाइजर लगाउनुपर्ने कुरामा थप जोड पर्ने भएको बताउनु भयो । विदेशबाट आएकाहरुको सहजरुपले कोरना परिक्षण भइरहेको भए पनि स्रोतको अभावले सर्व साधारणको कोरना परिक्षण कार्य प्रभावकारी हुन नसकि रहेकाले भक्तपुरमै कोरना परीक्षण गर्ने मेसिन ल्याउने तयारी र माग भइरहेको जनाउनु भयो । लक्षण नदेखिएका व्यक्तिहरु क्वारेन्टाइनमा १४ दिन बसेपछि तिनीहरुबाट अरुमा सर्न नसक्ने जिकिर गर्दै उहाँले भक्तपुरमा देखिएका संक्रिमतहरु मध्ये २१ जना निको भएको र २३ जना आशोलेशनमा  रहेर उपचारमा  रहेको जनाउदै तिनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले छिटै तिनीहरु पनि कोरना मुक्त हुने बताउनु भयो । सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारले निर्णय गरिसक्दा, उपत्यका बाहिरबाट समेत मानिसहरु काठमाण्डौ भित्रि रहँदा थप जोखिम बढ्ने कुरा स्वभाविक रहेकाले आआफ्नो क्षेत्रबाट सचेत रहन, सचेतना अभिवृद्धि गर्न आग्रह गर्नु भयो । परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेकाले कोरना परीक्षणको माग बढी रहेकोमा पनि उहाँले जोड दिनु भयोे । सो अवसरमा चाँगुनारायण नगरपालिकाका उपमेयर विना बास्टोलाले चाँगु क्षेत्रका समुदायस्तरमा कोरना भाइरस फैलिनसकेको दावी गर्दै कोरना भाइरस रोकथाम र उपचारमा नगरपालिकाले २ करोड ५० लाख विपद् व्यवस्थापन कोष बनाएर प्रतिकार्यमा जुति रहेको बताउनु भयो । कोरोना बारे केही गुनासा र समस्या आए आफूहरु जुतेर लाग्ने जनाए । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर वुढाथोकीले कोरनाको कहरले जनजीवन प्रभावित भइरहेको बेला सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कोरनाको जोखिम बढी रहेको बेला सुरक्षित व्यवहारका लागि समुदायमा सचेतना अभिवृद्धि गर्न आवश्यक भएकोमा जोड दिनु भयो ।

नेपाल क्षयरोग अस्पताल भक्तपुरका ल्याव टेक्निसियन धनन्जय अर्यालले कोरना भाइरसको जोखिमको अवस्था, सरकारका नीति तथा कार्यक्रम र प्रयासहरुको चर्चा गर्दै सरकारी निर्णयहरुको कार्यान्वयनमा देखिएका चुनौतिहरु बारे समीक्षा गर्नु भयो । सरकारले गरेका निर्णयहरु कार्यान्वयनमा स्रोत र क्षमताको अवस्थाले समस्या रहेको औल्याउनु भयो । सरकारले ३६ हजार सशस्त्र प्रहरी, १ लाख नेपाल प्रहरी, स्थानीय तहका ४० हजारको हाराहारीमा रहेका जनप्रतिनिधी, ३७ हजार ५ सय ७८ कर्मचारी, २१ हजार ३ सय प्रदेशका र ४५ हजार संघ सरकारका कर्मचारी कोभिड १९ रोकथाममा परिचालन गरेको भए पनि कोरना भाइरसको जोखिम दिनप्रतिदिन बढी रहेकाले यसमा सुधार्न आवश्यक भएको बताउनु भयो । विदेशबाट स्वदेश फर्किएका प्रदेश १का ४४१८ र प्रदेश २ का ३५००लाई भक्तपुरका दुई होल्डिग सेन्टरमा होल्ड गरी सम्बन्धित जिल्ला पठाएको उल्लेख गरेका छन् । भक्तपुरका विभिन्न १० वटा क्वारेन्टाइन र आशोलेशनमा अहिले ८३ जना रहेको छन् ।सरकारले कोरना भाइरसका योजना तथा कार्यक्रमहरु केन्द्रीकृत नगरी बिकेन्द्रीकृत गरी वितरणमुखी हुनुपर्ने कुरा औल्याउनु भयो ।
उहाँले भक्तपुरमा अहिलेसम्म ४४ जनामा कोरना संक्रमित भएको उल्लेख गर्दै लक्षण विनाको कोरना संक्रमण देखिरहेकाले संक्रमणको जोखिम बढ्न सक्ने भएकाले परीक्षणको दायरा बढाउन पनि आवश्यक भएको जनाउनु भयो ।
सो अवसरमा सहभागि समुदायले कोरनाको लक्षण, संक्रमितको प्रभाव र संक्रमण अवस्था, यसको सूचना र तथ्यांगको विश्लेषण एवं जोखिम व्यवस्थानमा थप ध्यान दिनुपर्ने उल्लेख गर्दै कोरना परिक्षणको दायर बढाउन सुझाव दिएका थिए । कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिहका प्रमुख डाक्टर रत्न सुन्दर लासिवा, बागिश्वरी माविका प्राचार्य केपी धन्छा लगायत विभिन्न अस्पताल, स्वस्थ्य संस्था, पत्रकार एवं सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।