सलहको कहर भक्तपुरमा पनि
भक्तपुर, असार १६ गते
खाडी मुलुक हुदै नेपाल प्रवेश गरेको सलह काठमाण्डौमा पनि देखिन थालेको छ । काठमाण्डौ उपत्यकाका आकाशमा पनि उडिरहेको किराहरु सलह भएको भन्दै उपत्यकाबासीहरु उत्सुकताका साथ हेरी रहेका छन् । आजसम्ममा देशका २४ जिल्लामा फैलि सकेको भनिएको सलह आकाशमा देखिन थालेपछि भक्तपुरका समुदायले कौसिमा बसेर आकाशमा उडि रहेको सलह हेर्नेको माहोल बनेको थियो । हावाको बेगसँगै नेपाल प्रवेश गरेको भनिएको सलहले मकै, धान, केरा खेतिमा क्षति पुर्याइ रहेको बताइएको छ । तराई क्षेत्रमा फैलिएको सलह काठमाण्डौमा समेत देखिन थालेको भन्दै उडिरहेको सलह टिप्दै गरेका काग लगायत चराहरुको तस्विरहरु पनि सामाजिक सञ्जालमा देखिन थालेको छ । काठमाण्डौ, ललितपुर, मध्यपुर र भक्तपुर लगायत उपत्यकाका विभिन्न क्षेत्रको खुल्ला आकाशमा एक्कैसाथ सलह देखिएपछि यसबाट खेतवारीमा कस्तो असर पर्ने हुन जनसमुदायले चासो दिन थालेको छ ।















