हावाहुरी र असिना पानीले भक्तपुरका ब्यबसायीक कृषि फर्महरु नष्ट भएका छन् | बुधबार दिउँसो परेको हावाहुरी र असिना पानीले भक्तपुरका कृषकहरु चिन्तित बनेका छन् । रोपाइका लागि पानी पर्दा खुसि देखिएका कृषकहरुमा पानीसँगै हावा हुरी र असिनाले नगदेबाली सबै नष्ट पारेपछि कृषकहरु दुखि भएका हुन । हावाहुरीले कृषकहरुले लगाएको टनेल खेती सबै उठाएका हुन्छ । बाली नालि बिगारेको छ । मकैंका बोटहरु सबै भाचिएका छन् । गोलभेडा, तरकारीबारीका अधिकांस टनेलहरु हावाले उदाएका छन् ।

बेमौसमि तरकारीबारीमा समेत नोक्सानी गरेको भन्दै प्रगतिशल कृषक समूह भक्तपुरका गणेशराम सुवालले जिल्लाका अधिकास क्षेत्रका प्लास्तिका टनेल, जस्ताले छाएका तहराहरु समेत हावाले उठाएको बताएका छन् । हजारौं व्यवसायिक कृषकहरुको कृषी उद्योगहरु बुधबारको असिना पानी र हावाले ध्वस्त बनाएको छ उनले भने कृषकहरुका करोडौ नक्सानी भएको छ । कृषि विकास कार्यालयबाट अनुदान प्राप्त गरेका कृषकहरुले मात्रै हावाहुरीले गरेको नोक्सानीको केही क्षतिपूर्ति पाउने भए पनि अन्य सर्वसाधारण कृषकले ब्यहोरेको क्षतिप्रति कुनै पनि निकायले चासो नदिएको उनले बताए । भक्तपुरको झौखेल, दुवाकोट, ताथली, सुडाल, बागेश्वरी क्षेत्रका अधिकास कृषि फार्महरु हावाहुरीले बिगारेको उल्लेख गर्दै कृषि विमा प्रभावकारी नहुँदा पनि कृषकहरु यतिबेला नोक्सानी ब्यहोर्न बाध्य देखिएका छन् ।
















