कोरनाको नाममा औषधी निःशुल्क वितरण, सरकार बेखवर!!!!!!!!!

भक्तपुर, जेष्ठ ५ गते

कोरना संक्रमणले एक महिला एक पुरुषको मृत्यु भइसक्दा नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना निको भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । सरकारले लक डाउनको समय जेष्ठ २० सम्म लब्याएको छ । कोरना संक्रमणले मृत्युकाहरुको  ब्यबस्थापन  र क्वारेन्टाइनहरुको नाजुक अवस्थाले कोरना भाइरसको पूर्वतयारीको दुर्दशालाई केलाइ दिएको छ । यसैक्रममा कोभिड १९ संक्रमण रोकथाम र उपचारमा सरकारले अत्यन्त गम्भिर हेल्चेक्राइ गरी रहेको खुलेको छ । कोभिड १९ का संक्रिमत दिन प्रतिदिन बढ्न थाल्दा पनि रोक थामका उपायहरुको सही परिचालन नभएको एउटा ज्वलन्त उदाहरण बनेको छ, होमियोप्याथिक उपचार पद्धति । कोरना भाइरस संक्रमण रोकथाम र उपचारका लागि सरकारले लागु गरेको निर्देशिका कार्यान्वयनमा नल्याउँदा यस क्षेत्रका सरोकारवाला निकायले कोरना भाइरसको आगो भूसको आगो जस्तै देशभर फैलिन सक्ने चेतावनी दिएका छन् । सरकारले एलोपेतिक उपचारलाई मात्र जोड दिइ उपचारको नाममा अर्बौ खर्च गरि सक्दा पनि देशभर संक्रमितको संख्या दिनप्रतिदिन बढि रहेको परिवेशमा परम्परागत पद्धतिको सदुपयोग बेवास्था गरिरहेको सन्देशका साथ समुदायमा कोरनाको बैकल्पिक उपचारका निःशुल्क औषधी वितरण गर्दै आएको छ ।

होमियोप्याथिक स्वयंसेवक, चिकित्सकहरुले कोरना भाइरस रोकथाम र उपचारकालागि भनेर आर्सेनिकम एल्बम ३० सि नामक औषधी वितरण भइरहँदा समुदायले निःशुल्क औषधी पाएर पनि यस प्रति कति विश्वास गर्ने? अन्यौलता कायमै छ । यो उपचार पद्धति बारे भक्तपुरका बालकृष्ण बनमालाले यो हावा मात्र हो कि हावामा भएको सत्यता पनि हो ? बढ्दो अचम्म भनेका छन् । मध्यपुर थिमीका पत्रकार एवं सामाजिक अभियान्ता बाबुकाजी श्रेष्ठले त यो औषधी कोरना भाइरस संक्रमित पोजेटिभ विरामीलाई खुवाएर ठिक हुन्छ भने पोेजेटिभ विरामीहरुलाई पहिला खुवाएर निको पार्नु पर्यो भनेका छन् । कटुँजेका करुणा तितजुले के हो ? बास्तविकता भनि जिज्ञासा राखेका छन् । गोल्मढी भक्तपुरका मेलुमा श्रेष्ठले त रोगसँग लड्ने क्षमता बढाउँछ भनेर डाक्टर विष्णु कवां भाइले मलाई पनि दिनु भएको छ । हिजो देखि शुरु गरे । अरु बेलामा पनि होमियोप्याथिकमा विस्वास गर्थे, भनेका छन् । अनिल पंले त कोभिड १९ र होमिथोप्याथिक उपचार बारे डाक्टर विष्णुभक्त कवांको लेख समेत साभार गरेका छन् । समुदायको विश्वास र अविस्वास तथा जिज्ञासाहरुको बीचमा होमियोप्याथिक औषधीहरु समुदायको घर घरमा पुगि रहेका छन् । यस क्षेत्रका डाक्टर बलराम किसीका अनुसार दैनिक ४।५ हजार परिवारको घरमा यो ओषधी वितरण भइरहेको छ । यस अघि ३ लाख डोज औषधी वितरण भएको उहाँ बताउँछन् । तर सरकारले यसको सदुपयोग वा प्रभावकारीता बारे प्रष्ट दृष्टिकोण सार्वजनिक नगर्दा भने निःशुल्क औषधी पाएर पनि समुदायमा विश्वसनियता जाग्रित गर्न सकि रहेको छैन । सरकारी निकायले जारी गरेको निर्देशिका अनुसार यस पद्धतिलाई पनि सरकारी उपचारमा उचित स्थान दिएको भए नेपालमा उपलब्ध जनशक्ति र स्रोत सामग्रीले पनि कोरना भाइरसको रोकथाम र उपचारमा टेवा पुग्ने विश्वास यस क्षेत्रका विज्ञहरुको छ । विश्वभरका बैज्ञानिकहरु कोरना भाइरसको खोप विकासमा लागि रहँदा यसको रोकथाम र उपचार नेपालमै छ भनेर केही व्यक्तिहरु भनिरहँदा कस्ले विश्वास गर्ने हुन ? यद्यपी आयुर्बेद वा प्राकृतिक चिकित्सा पद्धति कुनै साइट इफेक्ट विना स्वास्थ्य लाभ लिन सकिने पद्धतिको रुपमा भने संसारभर परिचित नै छ ।

आजभोली कोरना भाइरसबाट बाँच्ने अचुक औषधी भनेको आत्म बल बलियो बनाउनु हो भनेर संसारभर विश्लेषण भइरहेको छ । त्यसमाथि मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतावृद्धि गर्ने उपाय कोरना भाइरस विरुद्ध लड्ने अचुक उपाय वा औषधीको रुपमा पनि ब्याख्या भइरहेको छ । यस बेला संसारभरका होमियोप्याथिक चिकित्सकहरु पनि कोभिड १९ विरुद्धको युद्धमा होमिएका छन् । यस पद्धतिबाट ६ हजार विरामीको उपचार गर्दा ११ जनामा मात्र संक्रमण बाँकी रहेको उल्लेख गर्दै भारतको आयुस मन्त्रालयले समेत कोरना भाइरस विरुद्धको उपचारमा होमियोप्याथीक पद्धति पनि प्रभावकारी भएको ठहर गरी नेपालमा पनि लागु गरिएको यस क्षेत्रका विज्ञहरुको भनाई छ । विश्वभर कोरना भाइरसको रोकथाम र उपचारका उपायहरु खोज र अनुसन्धान भइरहँदा नेपालमा भने सरकारका जिम्मेबार निकायले अवलम्बन गरेको निर्देशिका समेत कार्यान्वयनमा आलताल भइरहँदा भएको स्रोत र जनशक्तिको सदुपयोग हुन नसकेको डाक्टर किसीको भनाई छ ।
सरकारले बैशाख १० गते नै कोभिड १९ रोकथाम तथा उपचारको लागि आयुर्वेद्धिक तथा बैकल्पिक उपचार निर्देशिका जारी गरेको थियो । कोरना भाइरस मुलुकको २६ जिल्लाका २९१ जनामा फैलि सक्दा र २ जनाको मृत्युसम्म भइसक्दा पनि यसको कार्यान्वयनमा सरोकारवाला निकायले ध्यान नदिएको पाइएको छ । निर्देशिका जारी भएको छ तर कार्यान्वयनमा केही कुनै समन्वय छैन, डाक्टर बलराम किसीले बताउनु भयो । स्वास्थ्य मन्त्रालय देखि स्थानीय तहसम्म सरकारले जारी गरेको निर्देशिका सहित निःशुल्क औषधी समेत लिएर जाँदा पनि कुनै निकायले यसको कार्यान्वयनमा समन्वय नगरेकोमा उहाँ मात्र होइन यस अभियानमा लागेका मुलुकका विभिन्न ९ वटा संस्था, कलेज र अस्पतालहरु समेत दुःखीत छन् । कोरना भाइरसको जोखिमलाई ध्यान दिन्दै ३ लाख डोज औषधी उत्पादन गरी निःशुल्क वितरण पश्चात थप १० औं लाख डोज उत्पादन गरी सक्दा र दैनिक ४।५ हजारलाई वितरण गरिरहँदा पनि यस प्रति सरकारी निकायले कुनै चासो नदिएको उहाँहरुको भनाई छ । २५ हजार परिवारलाई पुग्ने आर्सेनिकम एल्बम ३० सि औषधीहरु आफूहरुसँग मौजाद रहँदा पनि कोरना भाइरस प्रभावित समुदायको बीचमा वितरणको लागि सरकारले चासो नदिएको बताएको हो । विश्वका विभिन्न मुलुकहरुले यस औषधीलाई कोरना भाइरस रोकथाम र उपचारमा प्रयोग गरिरहेको भए पनि नेपालमा कार्यान्वयनमा जोड नदिएको भन्दै उहाँहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहेको छ ।

सरकार वा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा होमिथोप्याथिक पद्धति अनुसार कोभिड १९ रोकथाम र उपचारका लागि ११ वटा औषधीहरु प्रयोग गर्न अनुमति दिएको देखिन्छ । त्यसमध्ये ५ वटा औषधी कोरना भाइरस रोकथामका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीहरु रहेका छन् भने अन्य ६ वटा भने संक्रमण पछिको उपचारको लागि भनि छनौट गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद्ध तथा बैकल्पिक उपचार विभाग टेकु काठमाण्डौ, नेपाल आयुर्वेद्धिक मेडिकल काउन्सिल नरदेवी, आयुर्वेदीक क्याम्पस र टिचिंग अस्पताल, कीर्तिपुरले जारी गरेको सो निर्देशिका अनुसार बैकल्पिक उपचारको बैकल्पिक उपायको रुपमा होमियोप्याथिक पद्धतिलाई पनि मान्यता दिएको छ । ११ प्रकारका औषधी प्रयोग गर्न सकिने भन्दै होमियोप्याथीक उपचार प्रणालीलाई स्थान दिए पनि औपचारिकमा मात्रै सिमिति गरेकोमा खेद प्रकट गर्दै व्यवहारमा कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्यको आह्वान गर्दै यस क्षेत्रका चिकित्सक र स्वयंसेवक तथा संस्थाहरुले सार्वजनिक क्षेत्रमा निःशुल्क औषधी वितरण गरिरहेका हुन । यो गैर जिम्मेबारीपूर्ण कार्य हो कि सह्रानिय कार्य हो ? सरकारले बेल्लैमा यसको नियमन, परीक्षण र प्रवर्धन हुन आवश्यक छ ।
सरकारले बैकल्पिक उपचार अन्तर्गत होमियोप्थिक उपचार प्रणालीको मापदण्ड जारी गरेपछि मात्रै सो क्षेत्रका डाक्टर, चिकत्सकहरुले औषधी उत्पादन गर्दै निःशुल्क वितरण थालि रहेको हो । यस क्षेत्रको गुणस्तरीयता र प्रभावकारीताको मूल्यांकन गरी कोरना भाइरस रोकथाम र उपचारमा होमियोप्याथिक पद्धतिलाई पनि स्थान दिनुपर्ने माग यस क्षेत्रका अभियान्ताहरुको रहेको डाक्टर बलराम किसीले बताउँछन् । सरकारले सर्वद्धन गरे तीन करोड नेपालीलाई पुग्ने औषधी उत्पादन गर्न सकिने भए पनि यसप्रति चासो नदेखाउनु कोरना भाइरसको नाममा ब्रम्हलुट गर्ने सरकारको नियत देखिन्छ डाक्टर किसीको विश्लेषण छ ।


विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा विदेशबाट समेत औषधी मगाएर निःशुल्क रुपमा कोरना भाइरस रोक थाम र उपचारका लागि जुत्दै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहँदा पनि आफूहरुलाई आलताल गर्नु बाहेक कुनै सहयोग र समन्वय समेत नगरिकाले डाक्टर किसीको समूहले शुक्रवार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे समक्ष होमियाप्याथिक कोभिड १९ रोक थाम अभियानबारे जानकारी समेत गराएका थिए । भक्तपुरको कोरना प्रभावित क्षेत्रमा सो औषधी पुर्याउन स्वास्थ्य मन्त्रालयबाट सहमति आवश्यक हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले भनेपछि भक्तपुरको कोरना प्रभावित समुदायको बीचमा पुग्न समेत अप्ठेरो महसुस भएको उहाँले बताए । यद्यपी मध्यपुर थिमीस्थित शंषधरचोकका समुदायको बीचमा पनि यस औषधी वितरण भएको पाइएको छ । मध्यपुर थिमीका पत्रकार रत्न श्रेष्ठले पनि सो औषधी खान्न सुरु गरेको बताएका छन् तर सर्वसाधारणको पहुँचमा भने उहाँले जस्तै सो औषधी पाउन सकेको अवस्था छैन । रेडजोमा पुगेर निःशुल्क औषधी वितरण गर्ने योजना थियो, स्वयंसेवक लागि रहेका छन् तर सरकारले औपचारिक मान्यता र कार्यान्वयनमा ल्याउने बातावरण बनाएको छैन डाक्टर किसी बताउँछन् ।


होमियोप्याथिक पद्धतिबाट कोरना भाइरस रोकथाम र उपचारका लागि आर्सेनीकम एल्बम ३० सिको छ वटा डोज खाएपछि कोरना भाइरससँग जुड्न सक्ने क्षमता मानिसको शरीरमा उत्पन्न हुने होमियोप्याथिक पद्धतिको परम्परागत मान्यता रहेकोले यस औषधीको उत्पादन र वितरण तथा सेवन गराउन प्रभावकारी हुने डाक्टर किसीको भनाई छ । विगत २५ वर्ष देखि यस क्षेत्रमा लागि रहेका डाक्टर किसीले कोरना भाइरसको उद्गम स्थल उहानमा समेत यस औषधीको प्रयोग भएको भन्दै हालै भारतमा ६ हजार कोरना पोजेटिभ भएकाहरुलाई डोज दिदा एक हप्ता मै अधिकांसको निको भएकाले यो औषधी कोरना भाइरस विरुद्ध प्रयोग गर्न अचुक रहेको उहाँको दाबी छ ।
कोरना भाइरस विरुद्ध लड्न संसार तयारीमा जुति रहँदा होमियोप्याथिक औषधीमाथि ध्यान नजानु र प्रोत्साहन नदिनु एलोपेथिक औषधी र उपचार सामाग्रीको व्यापार गर्ने उदेश्य मात्रै भइरहेको समेत डाक्टर किसीले गुनासो गरेका छन् ।
डाक्टर किसीका अनुसार आर्सेनिकम एम्बम ३० सि नामक होमियोप्याथिक औषधी २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यपछि २ गोली प्रत्येक हप्तामा आवश्यकता अनुसार माहामारी नियन्त्रण नहुँदासम्म सेवन गर्दा कोभिड १९ बाट बच्न सकिने उहाँको भनाइ छ । विरामीको अवस्था र लक्षण अनुसार सो औषधी सहित अन्य थप होमियोप्याथिक औषधीबाट उपचार समेत गर्न सकिने उल्लेख गरेका छन् । समुदायले निःशुल्क रुपमा पाउनसकिने गरी सो औषधी उत्पादन नेपालमै गर्न सकिने दाबी गर्दै कोरना भाइरस रोकथाम र उपचारमा होमियोप्याथिक पद्धतिलाई पनि उचित स्थान दिन अनुरोध गरिरहेको हो ।
राज्यको शक्ति र सामथ्र्यले समेत नभ्याएको बेला राज्य भित्रैकै शक्तिहरुको परिचालन गरी नागरिकको जीउँ ज्यानको रक्षा गर्नु सरकारको दायित्व हो । होमियोप्याथिकका अभियन्ताहरुको कुरा सुन्दा सरकार कोरना भाइरसको नाममा व्यापार गर्दै छ । लुट मचाउँदै छ । कोरनाको नाममा थप आतंक मचाउँदै छ । होइन भने उचित विकल्पहरुको सही सदुपयोग हुनुपर्छ भने सान्दर्भिक उदाहरण कोभिड १९ होमियोप्याथिक रोकथाम र उपचार पद्धति एवं यसका अभियान्ताहरुका गतिविधिले देखाइ रहेको छ ।