भक्तपुर, बैशाख २६गते
गोर्खा भूकम्प पछिको ५ वर्षमा भक्तपुर जिल्लाको पुर्नर्निर्माणको अवस्था ३३ प्रतिशतले मात्रै सफलता पाउन सकेको छ । टोेल टोल र घर घर पुनर्निर्माण अभियान सञ्चालन गर्दै पुनर्निर्माण अभियानलाई प्रभावकारी बनाउन खोजे पनि यी तथ्यले अझै प्रभावकारी हुन नसकेको औल्याइरहेको छ । पुनर्निर्माण प्रभावकारी नहुनुका विभिन्न आयामहरु बारे सरोकारवाला निकायहरुले अध्ययन गरिरहेका छन् । लाभग्राही मैत्री नीति निर्माणका लागि पनि सो अध्ययनले टेवा दिने महसुस गराउँछ । प्रत्येक लाभग्राहीको पुनर्निर्माणका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने भनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुले भने गर्छन र पनि पुनर्निर्माणले गति लिन नसकिरहेको बेला विश्वव्यापी फैलि रहेको कोरना भाइरसको जोखिमका कारण लक डाउनमा बस्नुपर्दा पुनर्निर्माण अभियान यतिबेला प्राय जसो सून्य अवस्थामा छ । हुने खाने र सक्नेले त पुनर्निर्माण सम्मन्न गरिसकेका छन् । पुनर्निर्माण कार्यमा चासो दिइरहेका छन् । यद्यपी यो पर्याप्त होइन भने कुरा तथ्य विश्लेषण गर्दा लाभग्राहीका साझा समस्या मात्र होइन लाभग्राहीका व्यक्तिगत समस्या समाधानका उपायहरु अबलम्बन गर्न नसकेसम्म पुनर्निर्माणले सार्थकता पाउन नसक्ने विज्ञहरुको विश्लेषण यर्थाथ परक छ । तथापी लाभग्राहीको सामाजिक, व्यवसायीक, आर्थिक, पारिवारिक एवं कानुनी हैसियत लगायत सरकारी सेवाहरुको पहुँचको अवस्थाले पनि पुनर्निर्माणमा महत्वपूर्ण भुमिका खेलि रहेको देखिन्छ । यसमा अलि सहजीकरणको भूमिका खेल्न सकियो भने पनि तिनीहरुको जीवनस्तर सुधार एवं पुनर्निर्माणमा आकर्सित गर्न सकिने उदाहरण समुदायमा छ ।
भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारीताका प्रश्नहरुले पनि यी लाभग्राहीहरुको पुनर्निर्माणमा पहुँच बृद्धि गर्ने, पुनर्निर्माणमा हौसला दिने माध्यमको रुपमा पनि हेरियो र यस किसिमका अभियानमा निरन्तर लागि रहयो भने पनि पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सकिने कुरा पुनर्निर्माणमा सफलता पाएका समुदायको अभिव्यक्तिहरुबाट पनि प्रष्ट गर्छ । विशेष गरी ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रको पुननिर्माणलाई प्राथमिकता दिएर योजनाहरु बनाएर लाभग्राहीलाई पुनर्निर्माणमा आकर्षित गर्न सके पुनर्निर्माणले थप गति लिने विश्वास छ । किन कि अहिलेको तथ्यांगले ग्रामिण क्षेत्रमा पुनर्निर्माण सबल देखिएको भए पनि सुविधा सम्पन्न मानिने शहरी क्षेत्रको पुनर्निर्माणको अवस्थाले समग्र पुनर्निर्माण अभियान खस्कि रहेको वा कम मात्र भइरहेको देखाउँछ ।
यो पुनर्निर्माण विश्लेषणसँगै पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गरेको सहयोग एवं समन्वयकारी भूमिका पनि यहाँ मनन गर्न आवश्यक छ ।
सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नङ्गखेल निवासी घनश्याम खत्रीकी श्रीमती कल्पना खत्रीले स्थानीय जनप्रतिनिधी र पुनर्निर्माण प्राधिकरणका पदाधिकारीहरु बीच पटक पटक छलफल गरी स्थानीय समुदायसँग समन्वय गरेपछि भने पुनर्निर्माणमा जुत्न सफल भएको बताउँछिन् । किस्ता लिन के गर्नुपछ ? नक्सा पास गर्न तथा पुनर्निमार्ण गर्न भूकम्प पीडितलाई के के सुविधा छ? कस्लाई के भन्नुपर्छ भन्ने कुराको जानकारी समेत नपाएकाले पुनर्निर्माण कार्यमा ध्यान दिन नसकेका खत्री परिवारले टीआई नेपालले आफ्नो टोलमै आएर स्थानीय वडा कार्यालय, जनप्रतिनिधि र प्राधिकरणका कर्मचारी बीच समन्वयकारी भूमिका खेल्दै आफ्ना पुनर्निर्माणका समस्यामा सहजिकरण गरेपछि पुनर्निर्माण गर्न सफल भएका छन् ।
त्यसैले उनी टिआई नेपालको पुनर्निर्माण र पुनस्थापनामा सदाचार, जिम्मेवारीता र जवाफदेहिताको अभियानप्रति आभार ब्यक्त गर्छिन् । खत्री परिवारले दुःखबेदना सहेर आफ्नो परिवार बस्न बनाएको घर निर्माणमा टि आई नेपालले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै यस संस्थालाई धन्यवाद समेत प्रदान गरेका छन् । २०७२ सालको भुकम्पबाट पुर्ण क्षति भएको घर निर्माणको थालनी कसरी गर्ने भन्ने बारेमा कुनै जानकारी नभएर अन्योलपूर्ण अवस्थामा रहेको बेला टीआई नेपालको सहायताले हाल उनी र उनको परिवार नयाँ घरमा आनन्दसंग बसी रहेका छन् । सुरुमा सरकारले घर निर्माणमा अनुदान दिने कुरा त सुने तर के कसरी सो अनुदान लिने भन्ने बारेमा अन्योल भएको अवस्था थियो उहाँलाई । काम बिशेषले घनश्याम जिल्ला समन्वय समिति भक्तपुरमा पुगेका थिए । त्यस समयमा टीआई नेपालको तर्फबाट जिल्ला समन्वय समितिको परिसरमा भुकम्प सम्बन्धि गुनासो गर्न सकिने एउटा सम्पर्क नम्बर सहितको होर्डिङ्ग बोर्ड देखे उनले नजिक गएर सो बोर्डको नम्बर लिएर तत्काल टिआई नेपालमा कल गरे । टीआई नेपालको तर्फबाट भुकम्पको अनुदान लिने प्रकृयाहरु बिस्तारमा जानकारी पाए । त्यस पछि टीआई नेपाल समेतको पहलमा सुर्यविनायक नगरपालिकाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्री चिरन्जीवि तिमलसिना, वडा अध्यक्ष उपेन्द्र केसी समेतको आवश्यक सहयोगमा प्रथम किस्ता लिएर घर निर्माण शुरु गरे । प्रथम किस्ताबाट मापदण्ड अनुसारको घर निर्माण शुरु गरेर अन्य किस्ताहरु लिनकालागि पुनः टीआई नेपालको पहलमा प्राविधिकहरुको सिफारिस अनुसार सबै किस्ताहरु लिएर समयमा नै घर निर्माण सम्पन्न गरेर खत्री परिवारले पुनर्निर्माणमा सफलता पाएसँगै खुशी जीवन बिताइरहेका हुन् । घर निर्माण सम्पन्न प्रमाण पत्र समेत लिएर टीआई नेपालमा पुन सम्पर्क गरेर घनश्याम खत्रीले धन्यवाद प्रदान गरेका छन् । यसले लाभग्राहीको पुनर्निर्माण टिआई नेपालले खेलेको सहजीकरणको भूमिका कतिको महत्वपूर्ण र प्रभावकारी रहयो भन्ने कुरा प्रष्ट हुन्छ ।
आफू र आफ्नो परिवार बस्ने घर भूकम्पले भत्केपछि सुरक्षित जीवनका लागि बलियो र सुरक्षित घर पुनर्निर्माण कसरी गर्ने भन्ने जिज्ञासा र विकल्पको खोजि गर्ने महानुभावहरुलाई सहजीकरण गर्ने, समस्याको समाधान गरि दिने निकायको पहुँच वृद्धि भए भने घनश्यामले जस्तै पुनर्निर्माणमा सफलता पाउन सकिन्छ भने कुरामा अव दुबिधा नहोला । तर सबै लाभग्राहीहरु यी नै खत्री परिवारको जस्तै पुनर्निर्माणमा जिज्ञासु, सामथ्र्य र समन्वयकारी भुमिका खेल्ने निकायको सहयोग पाउन सकिरहेका छन् वा पाउन सक्छन् भन्ने पनि छैन । घनश्यामले पुनर्निर्माण र पुनस्थापनाका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएर पुनर्निर्माणमा आफ्ना समस्याहरुको क्रमि सुधार गरेर उदाहरणीय कार्य गरेको छ । उहाँ हजारौ लाभग्राही समुदायको लागि पुनर्निर्माणका एक प्रेरणादायी सफलताका कथा हुन । उहाँ यदि पुनर्निर्माणका समस्या देखि डराएर, अनभिज्ञ रहेर मौन बसेको भए सायद् अरु हजारौ लाभग्राहीहरु जस्तै घरबार बिहिन भएर अहिले पनि बस्नुपर्ने अवस्था हुन्थ्यो होला । टिआई नेपाल जस्तो जिम्मेबारीता, जवाफदेहीता र पारदर्शिताका लागि पैरवी गर्ने निकायलाई गुहारेर मात्रै पनि उहाँको घर बनाउने सपना पूरा भयो भन्नु भन्दा खत्री परिवारले पुनर्निर्माणका आफ्ना समस्यालाई चिनेर, बुझेर समाधानका उपाय खोज्न सक्नु र आफूले मात्रै पुनर्निर्माण सफल पार्न नसक्ने देखेपछि टिआई नेपाललाई गुहार्न सक्नु र टिआई नेपालले पनि लाभग्राहीका जायज समस्या समाधानमा यथेष्ट समन्वयकारी भूमिका खेल्न सक्नुले नै खत्री परिवारको पुनर्निर्माणले सार्थकता पाएको मान सकिन्छ ।
अतः उहाँ जस्तै पुनर्निर्माणमा जुत्न चाहनेहरुका लागि टिआई नेपालको प्रयास र सहयोग तथा अभियानले भने पुनर्निर्माणमा सार्थकता दिन सकिने एउटा ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । घनश्याम जस्तै भूकम्पले घर भत्किएर घरबार विहिन भएका हजारौं भूकम्प पीडित समुदायले यो सफलताका कथा सुने, पढ्ने अवसर मिल्यो भने पक्कै पनि टिआई नेपाल जस्तो सहयोगि निकायको आवश्यकता महसुस गर्ने छन् । आफ्नो भूकम्पपछिको पुनर्निर्माण र जिर्णोद्धारको अभियानमा तदारुकता दिने छ भने विश्वास र जागरण फैलाउने एउटा सफलताको कथा खत्री परिवार हो भन्न सकिन्छ ।
यो सफलताका कथा जस्तै हरेक लाभग्राहीहरुका समस्याहरुको बर्गिकरण गरी उचित र प्रभावकारी कदम चाल्न नसकेसम्म पुनर्निर्माण अभियानको ५ वर्ष मात्र होइन अर्को ५ वर्ष समय थप गरे पनि यसले सार्थकता पाउन सकिने अवस्था नहुन सक्छ । त्यसैले यस्ता सफलताका कथासँग लुकेका टिआई नेपाल जस्तो सहजीकरणको भूमिका खेल्ने पात्रहरुको भूमिका पनि थप प्रभावकारी बनाउन आवश्यक छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













