कोरना भाइरसको औषधी निःशुल्क वितरण सुरु

कोरना भाइरस रोकथाम र उपचारमा होमियोप्याथिक औषधि नि: सुल्क वितरण : डाक्टर बलराम किसी

भक्तपुर, बैशाख २५ गते

कोरना भाइरसको उपचार र रोकथामको औषधी निःशुल्क रुपमा नेपालमै उपलब्ध हुन थालेको छ । कोरना भाइरसको संक्रमितलाई मात्रै नभई रोकथामको लागि समेत उपयोगी हुने औषधी उत्पादन र वितरण थालेको हो । विश्वभरका बैज्ञानिक, चिकित्सक एवं भाइलोजिष्टहरु कोरना भाइरसको खोपको खोज, अनुसन्धान तथा प्रयोग थालि रहँदा नेपालमा भने यसको प्रतिकार्यका लागि २ लाख डोज औषधी वितरण समेत भइ सकेको छ भने अवको एक हप्ता भित्र १५ लाख डोज औषधी उत्पादन गर्ने तयारी भइरहेको डाक्टर बलराम किसीले बताउनु भयो । कोरना भाइरस रोकथाम र उपचार अभियानको संयोजनात्मक रुपले सरोकारवाला निकायहरु बीच यस औषधीको उत्पादन र वितरणमा जुति रहनु भएका डाक्टर किसीले भक्तपुरबाट बाहिरी जिल्ला जाने हजारौं यात्रु, चिकित्सक एव सुरक्षाकर्मीहरुलाई सेवन गाराइ सक्नु भएको छ भने भक्तपुर नगरपालिका वडा नम्वर ७का केही समुदायमा पनि कोडिभ १९ रोकथामका लागि सो औषधी वितरण भइसकेको उहाँले बताउनु भयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुसँग समन्वय भइरहेको भन्दै उहाँले विभिन्न देशहरुमा भइरहेको अभ्यासलाई कार्यान्वयन गर्न जुत्नुपर्नेमा जोड दिनु भयो ।


होमियोप्याथिक पद्धतिबाट कोरना भाइरस रोकथाम र उपचारका लागि आर्सेनीक एल्बम ३० सिको छ वटा डोज खाएपछि कोरना भाइरससँग जुड्न सक्ने क्षमता मानिसको शरीरमा उत्पन्न हुने होमियोप्याथिक पद्धतिको परम्परागत मान्यता रहेकोले यस औषधीको उत्पादन र वितरण तथा सेवन गराउन प्रभावकारी हुने डाक्टर किसिले जोड दिनु भएको हो । कोरना भाइरसको उद्गम स्थल उहानमा समेत यस औषधीको प्रयोग भएको भन्दै हालै भारतमा ६ हजार कोरना पोजेटिभ भएकाहरुलाई डोज दिदा  एक हप्ता मै अधिकांसको निको भएकाले यो औषधी कोरना भाइरस विरुद्ध प्रयोग गर्न अचुक रहेको उहाँको दाबी छ ।
कोरना भाइरस विरुद्ध लड्न संसार तयारीमा जुति रहँदा होमियोप्याथिक औषधीमाथि ध्यान नजानु र प्रोत्साहन नदिनु एलोपेथिक औषधी र उपचार सामाग्रीको व्यापार गर्ने  उदेश्य मात्रै भइरहेको समेत डाक्टर किसीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो, हामीले २ लाख डोज निःशुल्क औषधी बाड्यौं, अवको एक हप्ता भित्र १५ लाख डोज औषधी उत्पादन गर्ने छौं र निःशुल्क रुपमा बाड्ने छौं । यो औषधी उपयोगका लागि नेपाल सारकारले समेत स्वीकृति दिइ सकेकाले औषधीको उत्पादन र उपयोगमा बढी ध्यान दिनुपर्ने तर ओषधी उत्पादनका लागि आवस्यक कच्चा पदार्थ समेत अभाव भएकाले औषधी उत्पादनमा चाहेर पनि बढाउन सकिने अवस्था नरहेको बताए । यद्यपी एक हप्तामा १५ लाख डोज बनाउने अभियानमा विभिन्न ७ वटा होमियोप्यथिक संस्थाहरुका प्रतिनिधीहरु लागि रहेको उहाँले बताउनु भयो । औषधी उत्पादनको लागि विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने बाध्यता र त्यसमाथि संसारभर कोरना भाइरसकै कारण लक डाउनमा रहेकाले कच्चा पदार्थ खोज्न, उत्पादन गर्न समस्या रहेको भन्दै उहाँले अनलाईन  सञ्जालबाट विश्वभरका होमियोप्याथिक विज्ञ, चिकित्सकहरु बीच विचार परामर्श तथा अनुभव आदानप्रदान हुँदै आएको बताउनु भयो ।
डाक्टर किसीका अनुसार आर्सेनिक एम्बम ३० सि नामक होमियोप्याथिक औषधी २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यपछि २ गोली प्रत्येक हप्तामा आवश्यकता अनुसार माहामारी नियन्त्रण नहुँदासम्म सेवन गर्दा कोभिड १९ बाट बच्न सकिने  उहाँको भनाइ छ । विरामीको अवस्था र लक्षण अनुसार सोही औषधी सहित अन्य केही थप होमियोप्याथिक औषधीबाट उपचार समेत गर्न सकिने उल्लेख गरेका छन् ।
होमियोप्याथिक उपचार पद्धती जर्मनीका चिकित्सक डा. सामुयल हानेमानले सन् १७९६ मा पत्ता लगाएका थिए । यस उपचार पद्धतीमा विरामीको आन्तरिक रोगक प्रतिरोधात्मक क्षमतालाई सक्रिय गराई रोगीको उपचार गरिन्छ । सन् १९१८मा भएको स्पेनीस् फ्लु लगायत विभिन्न समयमा भएका महामारी रोगहरुमा अत्यन्त प्रभावकारी यो होमियोप्याथिक उपचार पद्धती सन् २०२०को प्रारम्भसँगै शुरुआत भएको कोभिड १९ महामारीको रोकथाम र उपचारको लागि पनि उपयोगी सिद्ध भएको अभियान्ताहरुले जनाएका छन् ।
विश्वका विभिन्न देश लगायत विशेष गरी छिमेकी मुलुक भारतमा आयुस मन्त्रालयको पहलमा यो उपचारको पद्धती कोभिड १९ विश्वमहामारी विरुद्ध राम्रै परिणाम देखिएकोले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद्ध तथा बैकल्पिक चिकित्स विभागले Ayurveda & Alternative Medicine Guidelines for Preventive Measures & Manggemnet Protocol for COVID 19 In Nepal तयार गरी होमियोप्याथिक उपचार पद्धतीको समेत Protocol तयार भएको छ । यसै प्रोटोकल अनुसार नेपालका होमियोप्याथीक चिकित्सकहरु औषधी उत्पादन र वितरण तथा सेवन गराएर कोभिड १९ विरुद्धको अभियानमा लागि रहेका छन् । बढी भन्दा बढी औषधी उत्पादन र वितरणको व्यवस्था गराउन भने आवश्यक स्रोत संकलन कार्य समेत भइरहेको जनाएको छ । यस अभियानमा पशुपति होमियोप्याथिक अस्पताल, हरिहर भवन, पाटन, अखिल नेपाल होमियोप्याथिक एशोसियशन, काठमाण्डौ, भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, भक्तपुर, होमियोप्याथी फाउण्डेशन नेपाल, भक्तपुर, नेपाल होमियोप्याथिक चिकित्सक संघ, विराटनगर, एशियन होमियोप्याथिक मेडिकल लिग, काठमाण्डौं र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाजेशन, भक्तपुरको संयोजनमा कोभिड १९ रोकथाम र उपचार अभियानमा कोमियोप्थाथिक चिकित्सकहरु लागि रहेका छन् ।