लोकेश्वर साकोस अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामा संस्थाका सदस्यहरुलाई नुवाकोट स्थित दुप्चेश्वर महादेव अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरुको उपस्थिति रहेको सो भ्रमणको औपचारिक कार्यक्रममा बोल्दै अतिथि साविक भनपा १५ वडाका वडाअध्यक्ष रविन्द्र खर्बुजाले नेपालमा धेरै लुकेका रमनिय र धार्मिक महत्व बोकेका स्थानहरु रहेकाले हामीले त्यस्ता स्थानहरु खोजी गरी विकास गर्नुपर्ने बताउनुभयो । भ्रमणबाट सदस्यहरुले नया“ ठाउ“ र सो क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न मौका पाउने कुरा राख्दै साकोसको भ्रमणमा आफु पनि सहभागी हुन पाउदा अत्यन्त खुसी लागेको कुरा राख्नुभयो । संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थाले वित्तिय कारोबार मात्रलाई नभई सदस्यहरुको आर्थिक एवं सा“स्कृतिक स्तर उकास्ने कार्यक्रमहरुका साथै सदस्यहरुको चाहना अनुसार मनोरञ्जनात्मक, धार्मिक आस्था बोक्ने र शैक्षिक जानकारी मूलक अध्ययन अवलोकन भ्रमणको आयोजन गरेकोे बताउनु भयो । संस्थाका सबै उमेर समूहका सदस्यहरुलाई समेट्नेगरी निरन्तर रुपमा अध्ययन अवलोकन भ्रमणको आयोजना गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्थाका सचिव एवं युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नुभएको थियो । सदस्यहरुले निरन्तर रुपमा देशको भौगोलिक तथा धार्मिक महत्व बोकेको विभिन्न स्थानहरुको अध्ययन अवलोकन गर्न पाउ“दा खुसी व्यक्त गरियो भने यो बर्ष दुप्चेश्वर महादेवको दर्शन एवं अवलोकन गर्न पाउ“दा आयोजक समितिलाई धन्यबाद ज्ञापन गरेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












