निर्वाचनको तयारी बारे स्वतन्त्र पत्रकार संघसँग साक्षात्कार
भक्तपुर, फागुण २० गते
निर्वाचनको पूर्व सन्ध्यामा स्वतन्त्र पत्रकार संघ भक्तपुरले जिल्लाको निर्वाचनको तयारी बारे सरोकारवाला निकायहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, निर्वाचनको अनुगमण तथा आचारसंहिता कार्यान्वय एवं अनुगमण अधिकृतहरुसँग आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रियामा बोल्दै भक्तपुरका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जिल्लाको निर्वाचनको तयारीका क्रममा आवश्यक सामग्री सहित कर्मचारीहरुको खतनपटन गरी मतदान केन्द्रहरु समेत निर्माण कार्य पूरा भएको जनाएको छ । साथै उहाँले भोली विहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान गराई सकेपछि मतगणनाकालागि पनि आवश्यक तयारी पूरा भएको जनाएको छ । मतगणनालाई विश्वनिय बनाउन उहाँले सिसि क्यामेराको निगरानी र प्रतिनिधीहरुलाई मतपत्र प्रत्यक्ष देखाएर मात्रै मतगणना गर्ने तयारी भएको जनाएका छन् । यसै बीच भक्तपुर निर्वाचन क्षेत्र न२का निर्वाचन अधिकृत राधिका सुवालले आफ्नो क्षेत्रमा पनि निर्वाचनको तयारी पूरा भएको उल्लेख गर्दै प्रचारप्रसारको क्रममा आचारसंहिता उलंघनका २ वटा उजुरी परेको बताउँदै भोली हुने निर्वाचनमा कृषि तालिम केन्द्रको मतदान स्थल महिलाहरुबाटै सञ्चालन हुने जानकारी दिनु भयो । सो अवसरमा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले निर्वाचन सम्बन्धि व्यापकरुपमा अनुगमण गरी आचार संहिता कार्यान्वयनमा जोड दिदै आएको चर्चा गर्दै निर्वाचनकाक्रममा कुनै आचार संहिता विपरित कार्य भएको पाईए गुनासो गर्न आग्रह समेत गर्नु भयो । भक्तपुरको कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख एवं निर्वाचन अनुगमण अधिकृत महेश दाहालले निर्वाचनका उम्मेदबार र पार्टीहरुको आम्दानी र खर्च व्यवस्थापनकालागि अनुमण गर्दै आएको भन्दै उहाँले एक लाख भन्दा बढी आम्दानी गरेको वा खर्च गरेको रकम बैकिङ्ग प्रणालीबाट देखाउनुपर्ने लगायत आम्दानी र खर्च बारे उम्मेदबार र पार्टीहरुलाई जानकारी दिएर सोही अनुसार कार्य गराउँदा ससाना खर्चहरुको व्यवस्थापनमा केही समस्या रहेको उल्लेख गरेका थिए भने भक्तपुर प्रहरीका प्रहरी नायक उपरिक्षक प्रकाश जबेगुले जिल्लाको निर्वाचनकालागि सुरक्षा ब्यवस्थापन मजदुत पारेको बताएका छन् ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













